Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ईन्जिनियरको ३ करोड अवैध सम्पत्ति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २२, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गर्दै ३ करोडभन्दा बढी रकम आर्जन गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजननल इन्जिनियर सुरेश ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्धा दायर गरेको छ ।

छानविनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजाार ७ सय २० रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएपछि उनीविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले ठकुरको स्रोत नखुलेको सबै सम्पत्तिलाई बिगो कायम गर्दै जफत गर्न र २ बर्षसम्म जेल सजाय माग गर्दै मुद्धा दायर गरेको हो ।

- आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।