2026-10-23 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वेवसाइटमा गर्लफ्रेण्ड सेकेण्ड ह्याण्डमा बिक्रिमा, बोली लाग्यो ७० हजार २ सय डलरसम्म

असोज २२, एजेन्सी | एकजना युवकले आफ्नै गर्लफ्रेण्डलाई सेकेण्ड ह्याण्डमा बिक्रीमा राखेका छन् ।

एकपटक प्रयोग भैसकेका सामानहरुको खरीद बिक्री हुने अनलाइन प्लेटफर्म इ बेमार्फत् उनले आफ्नै गर्लफ्रेण्डलाई बिक्रीमा राखेका हुन् ।

इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राख्दै उनले लेखेका थिए, ‘खरीद गरिसकेपछि तपाइँले यो चिज प्रयोग भैसकेको हो भन्ने थाहा पाउनुहुनेछ ।’ इबेमा गर्लफ्रेण्डका बारेमा थप परिचय गराउँदै उनले अलिकति मात्र वा कामै नलाग्ने खालको रहेको र निरन्तर कराइरहने खालको रहेको उनले लेखेका छन् ।

गर्लफ्रेण्डको जिउ बाहिरबाट राम्रो देखिएपनि भित्र चाहीँ च्यातिएको उनले उल्लेख गरेका छन् । साथै पछिल्लो भाग चुहिरहने र टाल्नै नसकिने खालको रहेको उनले बताएका छन् ।

३४ वर्षका डेल लिक्स आफ्नी ३७ वर्षकी गर्लफ्रेण्ड केली ग्रिभ्सलाई सेकेण्ड ह्याण्डमा बिक्रिमा राखेका हुन् । तर उनले सेकेण्ड ह्याण्डमा बिक्रिमा राखेकी केलीलाई इबेमा ७० हजार पाउण्डको बोली लागेपछि चाहीँ गर्लफ्रेण्डलाई तल्लो स्तरमा झार्ने उनको योजना तुहिएको छ ।

इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राखेसँगै उनले यतिधेरै मेसेज प्राप्त गर्न थाले कि मानिसहरु लगालग उच्च बोली लगाउन थाले । २४ घण्टामै ८१ हजार भ्यूज प्राप्त गर्नुका साथै १ सय भन्दा धेरैले बोली लगाए र ७० हजार २ सय डलर सम्मको बोली लाग्यो ।

बेलायतको एसेक्समा बस्ने डेलकी गर्लफ्रेण्ड खरीद गर्न चाहने कतिपयले चाहीँ खरीद गर्नुअघि एकपटक चिज परीक्षण गर्न चाहेको बताए भने कतिपयले यसअघि कतिजनाले वस्तु किनिसकेका छन् भनेर सोधे ।

वास्तवमा डेलले हसिमजाकको रुपमा गर्लफ्रेण्डलाई जानकारी दिएरै इबेमा त्यस्तो विज्ञापन राखेका थिए । त्यस्तो हसिमजाकलाई कसैले मतलब नै गर्नेछैनन् भन्ने गर्लफ्रेण्डको अनुमान थियो । तर त्यस्तो भएन । युरोप, अमेरिका, अष्ट्रेलिया जताततै बाट उनकी गर्लफ्रेण्ड खरीद गर्न चाहनेको धुइरो नै लाग्यो इबेमा ।

तर यो हसिमजाक धेरै समय टिकेन । २४ घण्टाभित्रै इबेले उक्त विज्ञापन हटाइदियो । मानिस तथा मानव अंगको किनबेच गर्न नपाइने भन्दै उसले उक्त विज्ञापनमा बन्देज लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने