2026-09-15 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानी

असोज २३, बेनी (रासस) | म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन् । 

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनाले ५८ घरमा खानेपानी उपलब्ध गराएको हो । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालका अनुसार कूल रु ६७ लाख ६७ हजारको लागतमा सो आयोजना निर्माण सम्पन्न गरिएको हो । स्थानीयवासीले ६ महीनासम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदानसमेत गरेका थिए । 

आयोजना निर्माण गर्न नेपाल सरकार र फिनल्याण्ड सरकारले रु २० लाख ९७ हजार लगानी गरेका थिए । मङ्गला गाउँपालिकाले रु ६ लाख ७६ हजार सहयोग गरेको थियो । मुहानदेखि घरघरमा धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन स्थानीयवासी खनेका थिए । आयोजना निर्माण भएपछि अहिले १३ मुख्य तथा सहायक ट्याङ्कीमार्फत घरघरमा खानेपानीको सुविधा पुर्याइएको छ । विगतमा खानेपानीका लागि कुवामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो,” स्थानीयवासी आरतीकुमारी शेरचनले भन्नुभयो । 

यसैबीच बरङ्जाको दुर्दीमा समेत भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । वास परियोजनामार्फत रु ७० लाख तीन हजारको लागतमा निर्माण भएको सो आयोजनाबाट मङ्गला गाउँपालिका–४ दुर्दीका ६८ परिवार लाभान्वित भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ