२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगल प्लस बन्द हुँदै, यसको बिकल्प के ?

२३ आश्विन २०७५, मंगलवार ०८:३१

असोज २३, काठमाडौं | फेसबुक, ट्‍विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । गुगलको माउ कम्पनी अल्फाबेटले अबको १० महिनामा गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो ।

अबको १० महिनाभित्र गुगल प्लसको उपभोक्ता संस्करण बन्द गर्ने घोषणा आफ्नो ब्लगमार्फत गुगलले गरेको हो। उक्त ब्लगमा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको कारण देखाउँदै गुगल प्लस बन्द गर्ने निर्णयमा पुगेको उल्लेख छ।

वालस्ट्रिट जर्नलका अनुसार २०१५ देखि २०१८ को बिचमा गुगल प्लसबाट कयौँ प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोरी भएको छ। तर, गुगलले भने गुगल प्लस बन्द गर्नुको मुख्य कारण कम प्रयोगकर्ता भएको दावी गरेको छ।

यद्यपी तथ्यांक चोरी भएको भने गुगलले स्वीकार गरेको छ । गुगलले आफ्नो ब्लगमा भनेको छ : प्रयोगकर्ताका प्रोफाइल डाटाहरू लिक भएर दुरुपयोग भएका छन्। तर दोषीविरुद्ध हामीसँग प्रमाण छैन। सफ्टवेयरमा देखिएको समस्याका कारण यो समस्या आएको उसले जनाएको छ।

गुगल प्लसबाट केही महिनाअघि करिब ६ लाख प्रयोगकर्ताका डाटाहरू लिक भएको सार्वजनिक भएको थियो।

निर्णय सार्वजनिक गरेपछि गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको शेयरमा २.६ प्रतशितको गिरावट देखिएको छ।

गुगल प्लसलाई बृहत्तर ग्रहकका आशा र रुचि अनुरुप तयार पारिएता पनि यसका प्रयोगकर्ता कम्पनीले सोचेभन्दा निकै कम देखिएपछि गुगल प्लसलाई निरन्तरता दिन थप चुनौती सिर्जना भएको गुगलका प्रबन्धकहरूको निष्कर्ष छ। 

गुगलले सन् २०११ मा गुगल प्लस सुरु गरेको थियो। सुरुवातदेखि नै यसमा प्रयोगकर्ताको कम रुचि देखिएको थियो।

कन्जुमर भर्सन (आम प्रयोगकर्ताले चलाउने) बन्द गरे पनि गुगल प्लसले इन्टरप्राइज भर्सनलाई भने तत्कालका लागि निरन्तरता दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो