पढ्न करिब 1 मिनेट लाग्छ

असोज २४, काठमाडौं | यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।

यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् ।

फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । ‘जोशी सुपरभाइजर थिए ।

- कान्तिपुर दैनिकमा खबर छ ।