2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तत: बन्द भयो गुगल प्लस, यस्तो छ बन्द हुनुको कारण

असोज २४, एजेन्सी | गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ । 

पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो । यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गुगलले गरिरहेको छ ।

गुगलले आफ्नो सोसल मिडिया प्लाटफर्म गुगल प्लसको एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरेफेस (एपिआइ) मा एक बग फेला पारेको थियो । रिपोर्ट अनुसार उक्त सफ्टवेयर कमजोरीका कारण बाह्य सफ्टवेयर डेभलपर्स तथा ह्याकरहरुले गुगल प्लस प्रयोगकर्ताका प्रोफाइलमा पहुँच स्थापित गरेका थिए ।

यसले प्रयोगकर्ताको प्रोफाइल नाम, इमेल ठेगाना, पेशा, लिंग तथा उमेर जस्ता डाटाहरुलाई असुरक्षित बनाएको थियो । यसबाहेकका प्रयोगकर्ताका अरु कुनै डाटा असुरक्षित नभएको गुगलको दाबी छ ।

गुगल प्लसमा सफ्टवेयरको कमजोरीका कारण सन् २०१५ देखि २०१८ को बीचमा बाह्य सफ्टवेयर डेभलपर्सले गुगल प्लसका प्रयोगकर्ताका प्रोफाइलका डाटाहरु ह्याक गर्ने कोसिस गरेका थिए । गुगलका अनुसार करीब ५लाख गुगल प्लस प्रयोगकर्ताका निजी डाटामा निसाना साँधिएको थियो ।

अहिले उक्त बगको समस्या समाधान गरिएको गुगलले जनाएको छ । गत मार्चमै उक्त बगलाई ठीक पारेको गुगलको दाबी छ । यद्यपि कम्पनीले हालसम्म उक्त विषयलाई गुपचुप राखेको थियो । कानूनी रुपमा बाध्य नभएकोले यसलार्य सार्वजनिक नगरेको गुगलको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई