2026-09-15 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक: प्रमुख आयुक्त घिमिरे

असोज २४, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । आयोगको पोखरा कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राख्नुभयो । 

स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै उहाँले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्नुभयो । 

भ्रष्टाचार नियन्त्रण कार्यलाई नियन्त्रण गर्न आयोग सक्रियताका साथ लागेको बताउँदै उहाँले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए÷नभएको, कानूनको पालना भए÷नभएको जस्ता विषयमा अध्ययन अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो । 

पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पु¥याउने उहाँको भनाइ छ । आयोगका सचिव महेश्वर न्यौपानेले सङ्घीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताउनुभयो । 

मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालीम प्रदान गरिएको बताउनुभयो । 

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक हुने बताउनुभयो । 

आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले नवनिर्मित भवन कूल रु १४ करोड ७२ लाख ३६ हजार ५७३ लागतमा ठेक्का सम्झौता भई काम अघि बढेको जानकारी दिनुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ