२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिल्सामा अध्यागमन कार्यालय स्थापना, पहिलोपटक अन्तराष्ट्रिय व्यापार सम्वन्धमा जोडियो कर्णाली

२४ आश्विन २०७५, बुधबार ११:४१

असोज २४, सुर्खेत | छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घघाटन गरे संगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तराष्ट्रिय वजारसंग जोडिएको हो ।


अध्यागमन कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले हिल्सा नाकामा अध्यागमन कार्यालको स्थापना पछि कर्णाली प्रदेश संगै पश्चिम नेपालको समृद्धीको ढोका खुलेको बताउनुभयो । गृहमन्त्री थापाले हिल्सा नाका हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको अन्तराष्ट्रिय ब्यापार प्रवद्र्धन तथा समृद्धिमा हिल्सा नाकाले महत्वपुर्ण भुमिका खेल्ने भन्दै गृहमन्त्री थापाले मित्र राष्ट्र चीनको विकासमा यसले योगदान गर्ने वताउनुभयो । उहाँले हिल्सा नाका छिमेकी देश चीन, भारत हुँदै युरोपसँग पनि जोडिने भएकाले यसको आफ्नै महत्व रहेको बताउनुभयो ।


उद्घाटन कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिल्साको अध्यागमन कार्यालय स्थापना संगै कर्णाली प्रदेशको समृद्धिका लागि वाटो खुलेको वताउनुभयो ।

भन्सार, अध्यागमन, क्वारेनटाईन, सीमा प्रहरी बलको कार्यालयका लागि पुर्वाधार बिकास गर्न प्रदेश सरकारले चार करोड बजेट बिनियोजन गरेको बताउँदै मुख्यमन्त्री शाहीले चालु आर्थिक बर्षमै निर्माण कार्य पुरा गर्ने बताउनुभयो ।

उहाँले पुर्वाधार निर्माणमा वजेट अभाव भए थप वजेट व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको पनि वताउनुभयो ।


मुख्यमन्त्री शाहीले यो महिनाको पहिलो साता गरेको चिन भ्रमण लगत्तै सिमानाकामा भन्सार कार्यालय स्थापना भएको छ । मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा चिनसंग सिमानाका संचालन, हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माण लगायतका विषयमा संवाद गर्नुभएको थियो ।

अध्यागमन कार्यालयको उद्घाटनमा गृहमन्त्री थापासंगै मुख्यमन्त्री महेन्द्रवहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, समाजिक विकास मन्त्री दल रावल, गृह सचिव, भन्सार विभागका महानिर्देशक, लगायत १५ जनाको टोली हुम्लाको सिमकोट हुँदै हिल्सा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य