2026-10-15 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेश सभा बैठक स्थगित

असोज २४, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदले मंगलबार अवरोध गरेपछि स्थगत भएको बैठक बुधबार सूचना टाँसेर गरेर २६ गते दिउसो १ बजेसम्मका लागि स्थगत भएको हो ।

सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयहरु संसदमा पेश नगरेको र संसदलाई विजेनश नदिएर बन्धक बनाएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले सरकारसंग जवाफ माग गरेको छ । तर सरकारले वेव साइटमा राखेकाले तत्काल ल्याउन जरुरी नरहेको प्रतिक्रिया दिएपछि बुधबार बैठक बस्न नसेकेको प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

गत साउन २५ गतेदेखि स्थगित संसद बैठक दुई महिनापछि मंगलवार बोलाइएको थियो । सरकार र मन्त्रीहरु उद्घाटन र गोष्ठीमा रमाउन थालेको भन्दै संसदलाई विजनेश नदिएर निष्कृय बनाउने काम गरेको नेता शाहीको भनाई छ ।

बैठक संचालनका लागि बुधबार सहमतिका लागि छलफल भएपनि प्रतिपक्ष दलले रातो किताव ल्याउन माग गरेको थियो । तर सहमति नजुटेपछि बुधबार बैठक बस्न नसकेको एक सांसदले बताए । संसद बैठकमा गाउँ तथा नगर सभा संचालन सम्वन्धी विधेयक पारित गर्ने कार्यसूची संचिवालयले तयार गरेको थियो । केही दिन बैठक संचालन गरेर संसदको दोस्रो अधिवेशन अन्त्य गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु