२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब साझा बसको टिकट घरबाटै काट्न सकिने, यस्तो छ तरिका

२०७५, २४ आश्विन बुधबार १३:१७

असोज २४, काठमाडौँ | साझा यातायात र बस सेवाबीच अनलाइन टिकटिङ सम्झौता भएसंगै अबदेखि साझा बसका टिकट घरबाटै काट्न सकिने भएको छ । 

साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको हो । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गर्नुभयो । 

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो । हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो । 

सम्झौतापछि साझा यातायातका सञ्चालक तुलाधरले भन्नुभयो ‘लामो रूटमा जाने यात्रुहरू साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको प्रबन्ध मिलाएका छौँ र भविष्यमा यात्रुहरूको सुविधाको लागि थप सेवा विस्तार गर्नेछौँ ’। 

यसैगरी दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भन्नुभयो ‘साझा यातायातसँगको सहकार्यले यातायात क्षेत्रलाई डिजिटलाइज गर्ने हाम्रो अभियानमा ठुलो टेवा पुगेको छ । साझा यातायातसँगको सहकार्यले सार्बजनिक यातायातमा रहेका समस्यालाई प्रविधिको प्रयोगबाट समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ’ । 


यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित साइबर कम्यूनिकेशनबाट टिकट बुकिङ गर्न सकिनेछ । यसैगरी यात्रुहरूले अधिकांश बैंकका मोबाईल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न पेमेन्ट गेटवे मार्फत रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् । 

बससेवा डटकम नेपालको एकमात्र अनलाइन टिकटिङ गर्ने माध्यम हो । दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमले यातायात क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक सफ्टवेयर निर्माण गरी यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने कार्य गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा