२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नेकपाको काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा, को-को परे ?

२०७५, २५ आश्विन बिहीबार ०२:४६

असोज २५, काभ्रेपलाञ्चोक | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । 

जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ तथा अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला तथा स्थानीय कमिटी चलायमान बनाउने निर्णय गरेको हो । 

बैठकले साविक एमालेका जिल्ला इञ्चार्ज ईश्वरी रिजाल, जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे र उपसचिव इन्द्रबहादुर तामाङ तथा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज सूर्यमान दोङ, सहइञ्चार्ज तेजबहादुर मिजार, गङ्गाबहादुर दोङ, दीनानाथ गौतम र जिल्ला संयोजक रुकु चौलागाई रहेको कमिटीलाई दैनिक कार्य सञ्चालन गर्ने अधिकार दिएको छ । स्थानीयस्तरका पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न उक्त कमिटीलाई निर्देशन दिने निर्णय भएको पनि कार्यालय सचिव वसुन्धरा हुमागाईंले जानकारी दिनुभयो ।  

- रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने