२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी, ३ सहरमा आपतकाल घोषणा

२५ आश्विन २०७५, बिहीबार ०४:०२

असोज २५, काठमाडौं । मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी आएको छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ ।

२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।

फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरुलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्न भनिएको छ । तर सबैले आफ्नो घर छाड्न सकेका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘विना कुनै आवश्यक धन कुनै पनि व्यक्तिलाई आफ्नो घर छाड्न सजिलो छैन । केही क्षेत्र निकै गरिब छन् । उनीहरुका लागि हामीले केही बसहरु पठाएका छौं । मानिसहरुलाई सुरक्षित स्थानमा सार्न हामी धेरै प्रकारले कोशिस गरिरहेका छौं ।’

यो आँधीले अकल्पनीय विनाश निम्ताउने चेतावनी त्यहाँको आँधी तुफान केन्द्रले दिएको छ । फ्लोरिडाका गर्भनर रिक स्कटले यो आँधी एक सय वर्ष यताको सबैभन्दा खतरनाक भएको बताएका छन् ।

माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । यसको प्रभावको कारण ठूलो पानी पनि पर्ने छ । यो त्यही क्षेत्र हो जुन गत महिना आएको फ्लोरेन्स आँधीले तहसनहस पारेको थियो । राम्रोसँग बौरिन नपाइ फेरि माइकल आँधीले त्यहाँका बासिन्दालाई घरबारविहीन बनाइदिएको छ ।


राष्ट्रिय तुफान केन्द्रले सुरक्षित स्थानमा जान नसकेकाहरुलाई घरबाहिर ननिस्किन भनेको छ । ‘तटीय क्षेत्रका बासिन्दा शान्त वातावरण देखेर बाहिर ननिस्किनु होला किनभने खतरनाक हावा निकै तीव्र गतिमा अघि बढेको छ,’ चेतावनी जारी गर्दै भनिएको छ ।

फ्लोरिडाका गर्भनर रिक स्कटले भनेका छन्, ‘अब घर छाडेर सुरक्षित स्थानमा जाने समय पनि छैन । यदि तपाईं तटीय क्षेत्रमा हुनुहुन्छ भने आफ्नो घर नछाड्नुहोस् । तटीय क्षेत्रबा निस्कने समय सकिइसक्यो । स्थानीय अधिकारीहरुले भनेअनुसार गर्नुहोला । यदि तपाईं इनलैन्ड काउन्टीमा हुनुहुन्छ भने तपाईंलाई आश्रय लिने अन्तिम मौका हुनसक्छ तर स्थानीय अधिकारीहरुले सुरक्षित स्थानमा लगेमा मात्रै ।’

राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक ब्रोक लङ्गले सन् २००१ भन्दा अगाडि बनेका भवनहरुलाई आँधीले क्षति पुर्‍याउन सक्ने बताएका छन् ।

– बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य