2026-09-15 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट स्थापना

कात्तिक ५, कास्की | पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ हुने दुर्घटना न्यूनीकरण गर्न उक्त महानगरले राजमार्ग संगैको चिल्ड्रेन पार्कमा प्रहरी पोष्ट स्थापना गरेको हो । 

पोखराको अन्य क्षेत्रको तुलनामा सो सडक खण्डमा दुर्घटना बढेकाले त्यसलाई कम गर्न प्रहरी पोष्ट स्थापना गरिएको उक्त वडाका वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । दुई वर्षअघि सो सडक फराकिलो बनाएर चार लेनको बनाएपछि दुर्घटना पनि बढ्दै आएकाले स्थानीयवासी सधँै त्रासमा बस्नुपरेको सोही स्थान निवासी मीनबहादुर जिसीले बताउनुभयो । 

रु १४ लाख २५ हजारको लागतमा निर्माण भएको तीन कोठाको उक्त पोष्टमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० ट्राफिक प्रहरीको दरबन्दी राखिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ