2026-09-14 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

कात्तिक ६, कैलाली | सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । 

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । 

अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको छ । त्यस्तै वातानुकूलीत क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवा रहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले जानकारी दिनुभयो । 

निजी क्षेत्रकै लगानीमा गत असारदेखि धनगढी– ५ मा ‘निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा आएको छ । रु पाँच करोड बढीको लगानीमा सञ्चालनमा आएको उक्त अस्पतालले २५ श्ययाबाट सेवा शुरु गरेको र आगामी दिनमा अस्पताललाई ५० श्ययामा विस्तार गर्ने लक्ष्य रहेको अस्पतालका सञ्चालक तीर्थराज पन्तले जानकारी दिनुभयो । 

अस्पतालले निकट भविष्यमै किड्नी डाइलाइसिस मेशिन र सिटीस्क्यान सेवा विस्तारका लागि योजना अघि सारेको जनाएको छ । निसर्ग अस्पतालमा सघन उपचार कक्ष (आइसियु), नवजात शिशु उपचार कक्ष (एनआइसीयु), बाल सघन उपचार कक्ष (पिआइसीयु), कृत्रिम श्वास प्र्र्रश्वास प्रणाली (भेन्टिलेटर), अत्याधुनिक प्याथोलोजी र डिजिटल एक्सरे सेवा रहेको छ । 

यसअघि धनगढीमा निजी क्षेत्रकै लगानीमा मिर्गाैला रोगको विशेष उपचारका लागि ‘सिपी’ अस्पताल र आँखाको विशेष उपचारका लागि ‘धनगढी नेत्रालय’ (आँखा अस्पताल)सञ्चालनमा आइसकेका छन् । 

अस्पताल स्थापनासँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौँ, भारतलगायत विभिन्न ठूला शहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्ने भएको छ । साथै अस्पताल स्थापनाले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने भन्दै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ