2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्‍विटर प्रयोगकर्ताहरूका लागि यस्तो नीति ल्याइदै

एजेन्सी, टि्वटरले आफ्नो यूजर पोलिसी (प्रयोगकर्ताहरूका लागि तयारी पारिएको नीति) मा परिवर्तन गर्ने तयारी गरेको छ। ‘टर्म्स एन्ड सर्भिस’ उल्लङ्घन गरेर ट्विट गर्ने प्रवृत्ति नियन्त्रण गर्न कम्पनीले प्रयोगका नीतिहरूमा परिवर्तन गर्न लागेको हो।

कतिपय आपत्तिजनक र फेक पोस्टका कारण पछिल्लो समय आलोचित हुने गरेको ट्‍विटरले ती आलोचनाहरूबाट बच्न पछिल्लो कदम चालेको टेकक्रन्च अनलाइनले लेखेको छ।

ट्‍विट गर्दा प्रयोगको नीति उल्लंघन नहोस् भन्नका लागि कम्पनीले पोलिसी परिवर्तनको दीर्घकालीन रणनीति अवलम्वन गरेको ट्‍विटरले जनाएको छ।

टि्वटरको नयाँ पोलिसी अनुसार यदि कुनै पनि ट्‍विटलाई एक वा एकभन्दा बढी प्रयोगकर्ताले रिपोर्ट (उजुरी) गरेका छन् भने कन्पनीले सुरुमा उक्त ट्‍विटले आफ्नो ‘पोलिसी गाइडलाइन्स्’ उल्लङ्घन गरे/नगरेको जाँच गर्नेछ।

यदि उलङ्घन भएको रहेछ भने उक्त ट्‍विट एउटा म्यासेजसँगै ब्लक हुनेछ अर्थात् रिपोर्ट गरिएको ट्‍विट फलोअरको टाइमलाइनमा देखिनेछैन। ट्विटको ठाउँमा म्यासेज देखिनेछ- ‘यो ट्वीट अब उपलब्ध छैन, किनकि यसले टि्वटरका नियमहरू उल्लङ्घन गरेको छ।’

यति मात्र होइन, कम्पनीले ल्याउन लागेको पोलिसीअनासार यदि तपाईँले गरेको ट्विटले रिपोर्ट भई नियम उल्लंघन गरेको पुष्टि भएमा तपाईँले उक्त ट्‍विटमा कुनै पनि एक्सन लिन सक्नुहुने छैन। अर्थात् तपाईँले उक्त ट्वीटलार्इ न डिलिट गर्न सक्नुहुनेछ न त अर्को कुनै ट्‍विट नै गर्न सक्नुहुनेछ।

अझ रोचक कुरा के छ भने टि्वटरले उक्त सन्देश प्रयोगकर्ताको प्रोफाइलको अगाडि १४ दिनसम्म राखिदिनेछ । किनकि अकाउन्ट फलो गर्ने प्रयोगकर्ताले सम्बन्धित व्यक्तिले केही आपत्तिजनक ट्वीट गरेको थियो भनेर थाहा पाउन्।

अर्को कुरा, नियम उल्लंघन गर्ने प्रयोगकर्ताले रिपोर्ट गर्ने प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पनि पठाउन सक्नेछैनन्। यतिमात्र होइन, नियम तोड्नेले आफ्नो इनबक्समा च्याट हिस्ट्री पनि देख्न सक्ने छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई