२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फसाइन् फेसबुक फ्रेन्डले, भिडियो खिचेर एक करोडको माग

२०७५, ८ कार्तिक बिहीबार ०२:२६

कात्तिक ८, काठमाडौं | केही महिनाअघि एक प्रतिष्ठित म्यानपावर व्यवसायीले फेसबुकमा निशा अधिकारीका नाममा आएको ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरे । छोटै समयमा ती युवतीले व्यवसायीको फोन नम्बर हात पारिन् र गत असार १ गते कार्यालयमै भेट्न पुगिन् । त्यसपछि घटनाले जुन मोड लियो, व्यवसायी त झस्किए नै, अनुसन्धानमा जुटेको प्रहरीलाई समेत अचम्ममा पारिदियो ।

आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । 

नाम इन्दु र घर झापाको बुधबारे बताउने ती युवतीले व्यवसायीको कार्यकक्षमा ‘भिडियो अन’ गरेर गोप्य रूपमा मोबाइल राखेकी रहिछन् । क्यामेराले खिचिरहेका बेला ती युवतीले व्यवसायीलाई अंगालो मारिन् र चुम्बन गरिन् । केही दिनपछि आफूलाई गणेश लामा बताउने एक युवकले मोबाइलमा आईएमओमार्फत व्यवसायीलाई उक्त भिडियो पठाए । सँगै धम्की पनि दिए– एक करोड रुपैया नदिए उक्त भिडियो सामाजिक सञ्जाल र युट्युबमा राखिदिने ।

प्रहरी स्रोतका अनुसार भिडियो बनाउने युवती र धम्क्याउने युवक दुवै जना म्यानपावर कम्पनीका एजेन्ट हुन्। उनीहरूले सजिलै मनग्गे कमाउने उद्देश्यले ती व्यवसायीलाई जालमा पारेको खुलेको छ । भिडियो आएपछि आत्तिएका उनी केही लाख रुपैया दिएर समस्या सल्टाउने मनस्थितिमा पुगेका थिए । तर, रकममा कुरा नमिलेपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी लिएर पुगे ।

कात्तिक ६ गते महाशाखाले गौशालाबाट बद्री लामिछाने र इन्दिरा उप्रेतीलाई पक्राउ गर्यो । ठगी धन्दामा संलग्न इन्दिराले निशा अधिकारीका नाममा फेसबुक चलाएकी थिइन् भने बद्रीले आफ्नो 

नाम गणेश लामा बतँएर रकम असुल्न खोजेका थिए । एसपी नरेन्द्र उप्रेतीका अनुसार उनीहरूले धनाढ्य व्यापारीलाई फेसबुकबाट साथी बनाउने, भेटघाटको बहानामा भिडियो खिच्ने र रकम असुल्ने

योजना बनाएको पाइएको छ ।

पछिल्ला १६ महिनामा मात्रै महाशाखामा यस्तै प्रकृतिका तीन उजुरी परिसकेको उनले जानकारी दिए । ‘युवती प्रयोग गरेर व्यापारीबाट रकम असुल्ने क्रम बढ्दै गएको छ,’ उप्रेतीले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा