रियाद/जर्मनी | अमेरिकी अखबार वॉशिंगटन पोस्टका पत्रकार जमाल खशोगीलाई टर्की स्थित साऊदी अरबको दूतावासमा हत्या गरेर साऊदी सत्ताले राजघरानाको डरलाग्दो रुप देखाएको छ, जुन कुरा हालसम्म गुपचुप थियो । दुतावास भित्रै पत्रकारको हत्या भएको यो संसारकै पहिलो घटना हो ।
तश्विरमा: पत्रकार जमाल खशोगी
यो डरलाग्दो पक्षले साउदी सत्ता र राज घराना बिरुद्ध आवाज उठाउनेहरुको आवाज सदाको लागि दबाईदिने र गायब गर्ने गरेको कुरालाई स्पष्ट पारिदिएको छ, जुन कुरा हलीवुड फिल्म जस्तो लाग्छ ।
२ अक्टूबरको दिन इस्तानबुल स्थित साऊदी दूतावासमा पुगेका पत्रकार खशोगी, त्यसपछि बेपत्ता भएका थिए । अनुसन्धानको क्रममा साऊदीबाट १५ सदस्यको टोली २ अक्टूबरको दिन टर्कीको इस्तानबुल पुगेको थियो र हत्या गरेर साउदी फर्केको थियो । हत्याको बदला लिने क्रममा अमेरिकाले २१ साऊदी अधिकारीको पहिचान गरि उनीहरुको भिषा सदाको लागि खारेज गरिदिएको छ । अमेरिकाले अनुसन्धानको क्रममा थप कुरा आए पछि थप कारवाही गरिने समेत जनाएको छ । अमेरिकाले भनेको छ 'एक पत्रकारमाथि भएको हिँसा हामी सहेर बस्दैनौं ।'
साउदीका राजा सलमानले सत्ता सम्हालेपछी हत्याको मुद्धाहरु बढेको बताइएको छ । चाहे त्यो सत्ताको बिरुद्ध आवाज उठाउने सामाजिक अभियान्ता होस् चाहे खशोगी जस्ता पत्रकार । शाही परिवारसंग जोडिएका अन्य राजकुमार र सुल्ताननै किन नहुन, साऊदी अरबमा पछिल्लो घटना नयाँ होइन । राजा सलमान र उनको छोरा मोहम्मद बिन सुल्तानले साऊदी सत्ता सम्हालेपछी यस्ता घटना तेज गतिमा बढेका छन् । २०१५ देखि २०१७ को बीचमा साऊदी अरबका हुक्मरानको इशारामा विदेशमा शरण लिएर बसेका तीन राजकुमारलाई रहस्यमय तरिकाले बेपत्ता बनाएको थियो । उनीहरुको अपराध यस्तो थियो कि उनीहरुले सत्ताको विरोधमा आवाज उठाएका थिए । उनीहरुको अवस्था हालसम्म पनि अज्ञात छ ।
साऊदी अरबका शाह सलमानले जून २०१७ मा आफ्ना छोरा मोहम्मद बिन सलमानलाई साऊदी अरबको राजकुमार बनाएका थिए । ३३ बर्षका मोहम्मद बिन सलमान अहिले खशोगी हत्या मुद्धामा घेरिएका छन् । राजा सलमान ८२ बर्षका छन् । उनि २०१५ मा आफ्नो भाई अब्दुल्लाह बिन अजीजको मृत्यु पछी साऊदी अरबका राजा बनेका थिए ।