2026-10-17 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबैध बाटो हुँदै अमेरिका र क्यानाडा, बढ्दो मानब तस्करी रोक्नेबारे स्थानीय तहनै मौन !

सचिन्द्र श्रेष्ठ | “ओ भाई अमेरिका जाने हो, अहिले जान सजिलो र छिटो पनि हुन्छ” बिहान बिहान सन्तोषको मोबाइलमा कुनै दलालले फोन गर्दछ । “कति छ अमेरिकाको लागत” मिलाएर पठाउलानि, के चिन्ता लिनु पर्यो भाई, यो सम्बाद हो दलाल र संतोष बीचको जो आजकल हर कोही सपनाको देश अमेरिका जाने जो कोहीलाई पनि यसरी नै फोन या सन्देश आउने गर्दछ । 

हो ! यो नेपालदेखि हुने भारत होस् या द. अफ्रीका, तंज़ानिया, केन्या, किर्गिस्तान होस् जहाँ तहि यो मानब तस्करीको जालो संसारभरी एउटा महामारीको रुपमा फैलिएको छ । सहज जान नसके पछि मानिसहरू अहिले अबैध रुपमा जाने-आउने क्रम बढ्दो छ, बिशेष गरी युबा यूबतीहरु त झन बढ़ी नै छ अमेरिका जाने यो अहिलेको समयमा । आम मानिसमा बेरोजगारी या अमेरिकामा पाइने सेवा सुबिधा, पी आर, ग्रीन कार्ड,सुलभ जीबनयापनको लोभले पनि अमेरिका जाने लहरनै अहिले बढेको छ । 

भारत, थाईलैण्ड, इक्वेटर, कोलंबिया, पनामा हुँदै मेक्सिकोको कठिन बाटो हुँदै अमेरिका पुग्नु त्यति सहज पक्कै पनि छैन। दिन रात नसुति जंगल ,समुन्द्रको भोक प्यास छाड़ि अमेरिका जाने सपनाको चक्करमा केहि महीना पहिले बेनीको एक युबकको ज्यान समेत गएको छ । यसरी यति लामो यात्रामा कति त भोक प्यास साथै समुन्द्रको आधीमा मरनेको संख्या अनगिनती छ जसको कुनै रेकर्डनै पाइदैन न त उनिहरुको शब घर नै फिर्ता पठाउन सकिन्छ । अमेरिका जाने कति महिलालाई धमक्यार बलात्कार गरने या आस्वासन दिएर फकाई यौन क्रियाकलाप गर्न प्रेरित गर्ने गरेको जो त्यस्तो महिला बच्चा पेटमा बोकेर यस्तो कठिन यात्रा अनि लाश र पैसाको केहि नसोचि अमेरिका जानेको कमी पक्कै पनि छैन ।

नेपालमा रहेका साहू महाजन भनौ या ठुला ठुला बैंक, सहकारी पनि रोजगार वा नेपालमा नै केहि ब्यबसाय गर्छु भन्दा सहज पैसा दिदैन तर अमेरिका जान्छु भन्यो भने महँगो ब्याज लगाई घर खेत, के के सम्पति छ धितो राखेर पैसा उपलब्ध गराएको पाइन्छ । यस्तो खालको समस्या बाट आम मानिस ग्रसित छन, न गाउँ न सहर कुनै ठाऊ खाली छैन आजकल हरेक घरमा एउटा युबा या युबति भेट्न सकिन्न बूढ़ापाकाले घर सम्हालेको अवस्था छ।

स्वदेसमै रोजगारीको अबसर नहुँदा मौलाएको मानब तस्करीमा संलग्नहरुलाई गाउँ-घर समाज र तिनै समाजमा बस्ने मै हुँ भन्नेहरुले पनि देखो नदेखो गर्ने खासै चासो नदिदा पनि राजनीतिक आडमा यस्ता मानब तस्करहरु दिनहु लाखौं लाखको कारोबार अबैध रुपमा गरिरहेका छन । धौलागिरी क्षेत्रको कुरा गर्ने हो भने कुश्मा बाग्लुङ र म्याग्दी र आसपासमा दिनहु जसो घर घरमै पुगेर अमेरिका लैजान्छु भन्दै पासपोर्ट माग्न हिंड्नेको ठुलै समुह सकृय छ । उचित दण्ड र सजायको कमी एवम् पैसा र राजनीतिक संरक्षणले गर्दा सबैलाई थाहा हुँदा पनि स्थानिय स्तरमा  त्यस्ता मनब तस्करहरु खुलेआम हिडिरहेका छन् । कुश्मा बजारकै कुरा गर्ने हो भने एक घर एक ब्यक्तीनै मानब तस्करको छायामा अबैध बाटो हुँदै अमेरिका र क्यानाडा जस्ता देशमा पुगेको देख्न सकिन्छ । २५-३० लाखमा डिल गरेर पनि अन्तिममा ५-७ छुट्टै असुल्ने, घर परिवार माथि पनि बिभिन्न दबाब र झुट्टा आश्वासनले दिनहु सास्ती र ठगी गर्ने त्यस्ता मानबतस्कर बिरुद्द अहिले सम्म केही ठुलो सजाय र कदम चालेको जस्तो देखिदैन । सबै मौन या बेखबर जस्तो देखिन्छन । मानब अधिकारबादीहरु पनि अबैध बाटो बिभिन्न झुट्ट कुरामा पारेर ४०/५०  ठगी गर्ने गिरोहले बाटोमा दिने पीडा र दु:खको बारेमा शायद ज्ञातनै हुनु पर्छ त्यस बिषयमा खासै बोलेको कही देखिदैन । 

यो मानब तस्करीमा अहिले नेपाली कला क्षेत्र पनि अछूत छैन भनेर फरक नपर्ला।केहि समय पहिले राजेन्द्र खड़की जेल परीसकेका छन भने अर्का निर्देसक सुदर्शन गौतम बिरुद्ध छानबिन चल्दै आएको छ । बागलुंगका सागर श्रीस (४४ जनाको ६५ लाख) म्याग्दीका लेक पुन ( २२ जनाको ६४ लाख) पनि संलग्न देखिन्छ । 

यो खालको प्रमुख जड़मा ठुला बड़ाको आशिर्बाद, पहुचवालाको मनोमानि,राजनितिक र पैसाको खेलले यस्ता क्रियाकलापमा संलग्नको अहिले सम्म न कुनै कारबाही न कुनै सजायनै भोगेको पाईएको छ । पैसा र पावरको दबदबा रहेको यो हाम्रो समाज आम मानिस पैसा र ठुलो सपना देखने सोचमा हरेक घरले जायज्याथा र ज्यान समेत फाल्नु परेको छ । यो समस्या कहिले सम्म हाम्रो समाज र देशले भोग्नु पर्ने हो जसको कुनै जवाफ नै छैन न त कुनै प्रहरी, प्रशासनको दम नै ! मुखदर्शक जस्तो भएर बसेको छ सरकार । यसको समस्यामा आम मानिस जब सम्म सुरक्षा, अभियोजन, रोकथाम, भागीदारी जस्ता कार्यको सोच लिएर अगाडि बढ़दैन तबसम्म यो मानब तस्करीको रोग निको हुने वाला छैन ।

पहिले पहिले भारतमा बालबालिका, युबतिहरु नेपालको सिमानाबाट अनगिनती रुपमा यौन धन्दा, डिस्को, रेस्टुरेन्टमा गएर काम गर्नेको कमी थिएन जसको पुरस्कार स्वरुप एड्स, गनोरिया, यौन रोग लिएर नेपाल फर्कनेको ठुलो जमात नै थियो । जसको बिस्तारै गैरसरकारी तथा सरकारी निकायको गतिलो छानबिनका कारण केहि कम भएको थियो तर अहिले यो अमेरिका जाने मोहका कारण कुनै संख्या कमी आएको छैन । ललाई फकाई अमेरिका जान प्रेरित गरने, ठगी गरी सोझा साझालाई फसाउने क्रम झन झन तिब्र रुपमा  बढेको छ ।

सानो लोकल लेबलको दलाल देखि माथिसम्मको ठूलै पहुँचको पैसा र पावरका कारणले ति अबैध अमेरिका पठाउँने दलाललाई प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउन सकेको छैन । स्थानीय दलालहरुले अमेरिका जान लालयित गर्ने र अमेरिका पुगे पछि त्यहीँ पनि दलालीको चक्करमा परी ४० लाख भन्दा बढ़ी रकम असुलि गर्ने  देखिन्छ जून हाम्रे समाज छन । यूरोप तथा अहिले यूएईमा समेत पर्यटक भीसामा नेपालबाट बोलाएर दलालले राम्रो काम दिने सोचमा अलपत्र पारेको देख्न सकिन्छ । यूएईमा बिभिन्न कार्यक्रम भए यो बिषयमा तर ठोस कदम कुनै देखिएको छैन । यूएईमा आएर ठगिएका यूबतिहरु डिस्को र यौन धन्दामा फस्नु परेको छ । 

अझै पनि आम मानिस यो मानब तस्करीको जालोमा फसेर पीड़ित भइ सधै बाच्नु भन्दा बेलैमा त्यसको बिरुद्ध आवाज निकालन नसकियो भने यसले ठुलो नेपाली जन धनको क्षति नपुराउला भन्न सकीन्न ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु