२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णालीको विकासमा एक हौं: वनमन्त्री

२०७५, १० कार्तिक शनिबार ०५:४५

कार्तिक ९, सुर्खेत । कर्णालीको गाथा गाएर समृद्ध कर्णाली निर्माण नहुने भएकाले विकासमा एकमत हुन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आग्रह गरेका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले अपार सम्भावना खानी कर्णालीको स्वरुप बदल्न सबै लाग्न आग्रह गरेका हुन् ।

विगतझैँ कर्णालीको तस्वीर र गाथाले मात्रै कर्णालीका जनताले विकासको अनुभूत गर्न सक्दैनन्’ मन्त्री बस्नेतले भने, ‘अब आगनमै सिंहदरवार आएकाले यहाँका जनताको जीवनस्तर उकास्न र विकासमा फड्को मार्नमा सबै सरिक हुनहोस् ।’

नयाँ संरचनाका कारण सरकार गठन भएको लामो समयसम्म नतिजामुखी परिणाम नदेखिएको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले बताउनु भएको छ । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा मन्त्री बस्नेतले नयाँ सरकारले नयाँ संरचना बनाएर काम गर्नु पर्ने भएकाले अपेक्षाकृत नतिजा नआएको स्पष्ट पार्नु भएको हो । जनताले देखिने काम हेर्न चाहेकाले संघ र प्रदेशविचको अन्तरलाई चिरफार गरे विकासमा एकवद्ध हुन आफू कटिवद्ध रहेको उनको तर्क थियो । मन्त्री बस्नतेले यहीँ सरकारले देशको विकासमा फड्को मार्ने काम गर्ने दावी गरे ।

विगतका सरकार झैँ बनेको संरचनामा काम गर्न नमिल्ने भएकाले सबै संरचनाहरु नयाँ बनाएर मात्रै अघि बढ्दा परिणाममुखी नतिजा नआएको उनको भनाई थियो । एक वर्षको अवधिमा नयाँ आधार, नयाँ कानुन, नयाँ संरचना लगायतका विविध अल्झनहरु सरकारले पूरा गरेकाले अब जनताले अनुभूत र देखिने काम गर्नमा सरकार लागेको उल्लेख गरे ।

मन्त्री बस्नेतले संघ र प्रदेश सरकारविच केही समस्या देखिएको सत्य भएको बताउँदै उनले ति समस्याहरु अन्त्य गर्न केन्द्र सरकार लागेको जानकारी दिए । संघ, प्रदेश र स्थानीय सरकारले काम गर्ने वातावरण मिलाउन केन्द्र सरकार लागि परेको उनले बताए । मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्योजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गरे । उनले भन्नुभयो, ‘सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानुनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिटै हस्तान्तरण हुन्छन् ।’ एक फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रहेका मन्त्री बस्नेतले पार्टीको कर्णाली प्रदेश संसदीय दलको नेतृत्व पार्टीले विधि–प्रक्रियाभित्रै रहेर टुंग्याउने धारणा राखे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने