2026-10-22 03:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही दिनभित्रै तल्लो तहसम्मको एकता टुङ्गिन्छ: अध्यक्ष दाहाल

कात्तिक ११, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “केही दिनभित्रै सबै प्रदेश, जिल्ला कमिटी, स्थानीय कमिटीको तल्लो तहसम्मको एकता टुङ्गिने छ ।” देशभित्र र बाहिरको शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरेको बताउँदै उहाँले त्यसो हुन नदिने बताउनुभयो । 

हजारौँको बलिदानी र लाखौँको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कुनै पनि शक्तिले कमजोर पार्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “आफ्नो ठाउँबाट जे जस्तो त्याग गर्न परेपनि म तयार छु भनेर हामीले कम्युनिष्ट भावना देखायौँ भने कसैले परास्त गर्न सक्दैन ।” 

नेपालमा विकासको युगको शुरुवात भएको भन्दै उहाँले आठ÷दश वर्षमा ठूलो परिवर्तन देखापर्ने बताउनुभयो । पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सरकार गम्भीर ढङ्गले अगाडि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “पूर्वाधार, रोजगारी, उत्पादनको क्षेत्रमा क्रान्तिकारी जग बसाउन जरुरी छ ।” 

भारत र चीनसँगको सम्बन्ध अहिलेको सरकारले सुमधुर बनाएको भन्दै उहाँले भन्नुभयो “छिमेकीहरुको अवस्था कस्तो हुन्छ भन्ने कुराले नेपालको स्थिरता र विकासका विशेष अर्थ राख्छ ।” नयाँ सरकार बनेपछि दुई देशबीचमा निकै सकारात्मक प्रगति भएको भन्दै नेपालको विकासका निम्ति आवश्यक राजनीतिक वातावरण बनेको बताउनुभयो । 

कार्यक्रममा महासचिव विष्णु पौडेलले भौतिक विकास र मानवीय विकास सँगसँगै अघि लैजानुपर्ने बताउनुभयो । विकास, समृद्धि र सामाजिक न्यायका माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्नुपर्ने भन्दै उहाँले समाजवाद संविधानले समेत सुनिश्चित गरेको बताउनुभयो । महासचिव पौडेलले आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो । विकासको गति र योजना तीब्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो । दुई महीनामा सरकारले रेल सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै केही समयमै जनताले अनुभूति गर्न पाउने बताउनुभयो । तीन वटै सरकारको समन्वय र सहकार्यबाटै विकास र गन्तव्यमा पुग्न सकिने उहाँले बताउनुभयो । 

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डे, अमिक शेरचन, नारायण दाहाल, आनन्द पोखरेल, कृष्ण खनाल, ईश्वरी भट्टराई, कृष्णभक्त पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ