२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेश अस्पताल उद्घाटन: ‘पाँचसय शैयाको अस्पताल बनाइने’

२०७५, १३ कार्तिक मंगलवार १६:३८

कात्तिक १३, सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रादेशीक अस्पतालमा रुपान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रुपान्तरण गरिएको प्रादेशीक अस्पतालको मंगलबार उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रादेशीक अस्पतालाई पाँचसय शैयाको बनाउने प्रतिवद्धता जनाए । उनले कर्णाली भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पु¥याउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा सरकारले अघि सारेको पनि बताए । ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पुर्याउन आफूहरु लागि परेको उनको भनाई छ ।


प्रादेशीक अस्पतालले झेल्नु परेको समस्याहरुलाई निराकण गर्न सरकार गम्भीर रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरे । मुख्यमन्त्री शाहीले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले अस्पतालमा सेतो कोट लगाएरमात्र प्रवेश गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । ‘तपाईँहरु राजनीतिक आस्था–विचार राख्न पाउनुहुन्छ, राख्नुस् बाहिर जे लगाउनुहुन्छ, लगाउनुस् तर हस्पिटलभित्र प्रवेश गरिसकेपछि झण्डाको कोट होइन सेतो कोट लगाएर आउनुस’ मुख्यमन्त्री शाहीले भने, ‘सेवा छलेर स्वास्थ्य संस्थाहरुमा राजनीति गर्नु जनताको स्वास्थ्यमा खेलवाड गर्नु हो ।’ उनले प्रदेश अस्पतालमा जनशक्तिदेखि उपकरणहरुको व्यवस्थापन गर्न प्रदेश सरकार दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने धारणा राखे । सामाजिक विकास मन्त्री दल रावलले कर्णालीबासीको जनस्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य सेवामात्र नभई स्वास्थ्य शिक्षामा पनि केन्द्रित हुनुपर्ने बताए । प्रदेश सरकारले पाँच सय शैयाको अस्पताल बनाउने गरी पूर्वाधार निर्माणसंगै अन्य व्यवस्थापकीय कामको सुरुवात गरेको छ । अस्पतालका प्रमुख प्रा.डा. डम्बर खड्काले प्रदेश अस्पतालको स्तरोन्नति कर्णाली सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने बताए । पूर्वाधार विनै २०६२ सालमा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गरिएको हो । संरचना र दक्ष जनशक्तिको अभाव झेल्दै आएको अस्पतालले हाल ११५ शैयाबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ