२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेश अस्पताल उद्घाटन: ‘पाँचसय शैयाको अस्पताल बनाइने’

१३ कार्तिक २०७५, मंगलवार १६:३८

कात्तिक १३, सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रादेशीक अस्पतालमा रुपान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रुपान्तरण गरिएको प्रादेशीक अस्पतालको मंगलबार उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रादेशीक अस्पतालाई पाँचसय शैयाको बनाउने प्रतिवद्धता जनाए । उनले कर्णाली भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पु¥याउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा सरकारले अघि सारेको पनि बताए । ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पुर्याउन आफूहरु लागि परेको उनको भनाई छ ।


प्रादेशीक अस्पतालले झेल्नु परेको समस्याहरुलाई निराकण गर्न सरकार गम्भीर रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरे । मुख्यमन्त्री शाहीले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले अस्पतालमा सेतो कोट लगाएरमात्र प्रवेश गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । ‘तपाईँहरु राजनीतिक आस्था–विचार राख्न पाउनुहुन्छ, राख्नुस् बाहिर जे लगाउनुहुन्छ, लगाउनुस् तर हस्पिटलभित्र प्रवेश गरिसकेपछि झण्डाको कोट होइन सेतो कोट लगाएर आउनुस’ मुख्यमन्त्री शाहीले भने, ‘सेवा छलेर स्वास्थ्य संस्थाहरुमा राजनीति गर्नु जनताको स्वास्थ्यमा खेलवाड गर्नु हो ।’ उनले प्रदेश अस्पतालमा जनशक्तिदेखि उपकरणहरुको व्यवस्थापन गर्न प्रदेश सरकार दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने धारणा राखे । सामाजिक विकास मन्त्री दल रावलले कर्णालीबासीको जनस्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य सेवामात्र नभई स्वास्थ्य शिक्षामा पनि केन्द्रित हुनुपर्ने बताए । प्रदेश सरकारले पाँच सय शैयाको अस्पताल बनाउने गरी पूर्वाधार निर्माणसंगै अन्य व्यवस्थापकीय कामको सुरुवात गरेको छ । अस्पतालका प्रमुख प्रा.डा. डम्बर खड्काले प्रदेश अस्पतालको स्तरोन्नति कर्णाली सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने बताए । पूर्वाधार विनै २०६२ सालमा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गरिएको हो । संरचना र दक्ष जनशक्तिको अभाव झेल्दै आएको अस्पतालले हाल ११५ शैयाबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो