2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतमा अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु

कात्तिक १४, पर्वत | पर्वत सदरमुकाम कुश्माबजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ । 

हालसम्म १५ श्ययाको अस्पताल रहेको जिल्लामा ५० श्यया क्षमताको भवन निर्माण गर्न लागिएको हो । लिफ्ट सुविधासहितको प्रविधिमैत्री संरचना निर्माण शुरु भएको हो । 

भवन, जनशक्ति र प्रविधिको अभावमा गुणस्तरीय सेवा प्रवाह गर्न नसकिरहेका बेला चालू आर्थिक वर्षको बजेटबाट भवन निर्माण गर्न रकम निकासा भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले भन्नुभयो “अब छिट्टै नयाँ संरचनासहितको व्यवस्थित अस्पताल बनाउँछौँ ।”नयाँ भवनमा अपाङ्गमैत्री, बालबालिका, साधारण तथा मूख्य शल्यक्रिया, एक्सरे कक्षसहितको एकीकृत भवन हुने छ । पाँच वटा ब्लकमा निर्माण हुने अस्पतालमा डाक्टर तथा नर्सको आवास, ५० वटा श्यया, प्रसूतिगृह, शल्यक्रिया भवन, एक्सरे, इसिजी, प्रयोगशालालगायतका छुट्टाछुट्टै कोठा रहने अध्यक्ष पहाडीले जानकारी दिनुभयो । 

हालको साना टहरा हटाइ भवन निर्माण भएपछि विशेषज्ञ डाक्टरसहितको सेवा सञ्चालनमा आउने र १६ जना डाक्टरको दरबन्दी हुनेछ । त्यहीअनुसार अन्य कर्मचारीको व्यवस्थापन हुनेछ । 

भवन निर्माणका लागि गोरखा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको छ । आगामी ३० महीनाभित्र सम्पन्न हुने भवनको यसै महीना शिलन्यास गरेर काम अघि बढाउने तयारी भइरहेको अध्यक्ष पहाडीले बताउनुभयो । गएको असारदेखि मेडिकल सुपरिटेण्डेन्टसमेत रिक्त रहेको अस्पताल पछिल्लो समय रिफरल सेन्टरका रुपमा विकास हुँदै गएको छ । अहिले अस्पतालमा तीन करारका डाक्टर छन् । एक वर्षदेखि एम्बुलेन्स बिग्रिएर थन्किएकोमा हालै मात्रै नेपाल सरकारबाट नयाँ एम्बुलेन्स प्राप्त भएको हो । 

अस्पतालमा स्वास्थ्य सेवा लिन कुस्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी र जलजला गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्रका बासिन्दा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ