२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्याओमीको पोकोफोन एफवान नेपाली बजारमा (मूल्य सहित)

२०७५, १४ कार्तिक बुधबार १२:२६

कात्तिक १४, काठमाडौं | अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ । श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउनेछ ।

आज सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो । यो स्मार्टफोनले ब्राण्डको मिसनलाई राम्रोसंग बाँधेर राखेको छ । यो फोनको विशेषता भनेको यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङ्ग सिस्टम र ४००० एमएएचको ब्याट्री हो ।


श्याओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारी भन्छन् “पोको मतलब सानो । हाम्रो सोच भनेको सानो तरिकाले सुरुवात गर्ने तर ठूलो सपना देख्न नछोड्ने हो । पोको श्याओमी भित्रको एउटा सानो अंश हो । पोकोले शून्यबाट नै स्वतन्त्र तरिकाले आफ्नो प्रोडक्टमा कसरी धेरैभन्दा धेरै विकल्पहरु र अत्यावश्यक प्रविधिको दिने कुराहरुमा ध्यान दिएको छ । त्यसैले हामीहरुले यस्तो स्मार्टफोन बनाएका छौं जसले पत्याउनै नसकिने पर्फरमेन्स दिन्छ । यसको समय सापेक्ष प्रविधिले टेक्नोलोजी उत्साही जमातलाई अवश्य पनि तान्ने छ ।”        

नवीन र शक्तिशाली यो स्मार्टफोन अत्यन्त आकर्षक मूल्यमा किन्न पाइनेछ । श्याओमीको विशेषता भनेकै सही मूल्यमा धेरैभन्दा धेरै आकर्षक सामान बजारमा ल्याउनु हो । कात्तिक २५ बाट रु. ३४,९९९/- मा यो स्मार्टफोन सजिल्यै किन्न पाइनेछ । यसमा ६ जिबिको र्याम र ६४ जिबिको रोम हुनेछ ।

पोकोफोन एफवान, मास्टर अफ स्पीड

पोकोफोन एफवान गेमिङ्गको गर्नको लागि र ठूला किसिमका आप्लिकेशन प्रयोग गर्न रुचाउने उपयोगकर्ताहरुको लागि उपयुक्त स्मार्टफोन हो । यसमा रहेको शक्तिशाली क्वालकोम स्नापड्रागन ८४५ एसओसी र लिक्विडकुल कुलिङ्ग प्रविधिले सिस्टम स्लो हुने र फोन तात्ने समस्याबाट प्रयोगकर्ताहरुलाई मुक्त गर्नेछ साथै लामो समयसम्म उच्च परफर्मेन्स दिनेछ । विविध आन्तरिक परिक्षणले यो फोनको सिस्टम अरु साधारण फोनको सिस्टम भन्दा ३०० प्रतिशतले प्रभावकारी भएको देखाएको छ । कारण यसले सिपियूमा आउने तातोपनलाई छिटै चिसो बनाउँछ ।

साथसाथै, पोकोफोन एफवानमा भएको ४००० एमएच ब्य्याट्रीबाट ८ घण्टासम्म लगातार गेमहरु खेल्न सकिन्छ ।  

एआई डुअल क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेराबाट अब असीमित रुपमा फोटो खिच्नुस् ।   

पोकोफोन एफवानले सुन्दर फोटो लिन्छ किनभने यसको एआई डुअल क्यामेरामा छ १२ एमपी सोनी आइएमएक्स ३६३ प्राइमेरी सेनसर जसको डुअल पिक्सल अटोफोकसले लो लाइट र ब्याकलिट भएको अवस्थामा पनि राम्रो फोटो निकाल्छ ।  

पोकोफोन एफवानको अगाडिपट्टी २० एमपीको सेनसर छ जसको सुपर पिक्सल प्रविधिले चार पिक्सलको जानकारी जोडेर एउटा १.८ माइक्रोमिटर पिक्सलमा परिवर्तन गर्नसक्नेछ । यो गर्दा फोटोहरु सफा र नोइजमुक्त हुनेछन् । पछाडिपट्टी र अगाडिपट्टीका दुवै क्यामेरामा एआई सुविधाहरु छन् । जस्तैः एआइ पोर्टेट, एर्आइ ब्यूटिफाइ र एआइ सिन डिटेक्सन ।    

पोकोफोन एफवानमा इनफ्रारेड इल्यूमिनेटर र इनफ्रारेड क्यामेरापनि छ जसले एआइ फेस अनलक गर्ने सुरक्षा सुविधा दिन्छ । अँध्यारो र उज्यालो दुवै स्थितिमा यो सुविधा प्रयोग गर्न सकिन्छ ।   

पोकोफोन एफवान ग्राफाइट ब्ल्याक र स्टिल ब्लू ब्याक कभरमा उपलब्ध छ । यो फोन दराज डटकमबाट केवल रु.३४,९९९/- मा किन्न पाइनेछ । दराजको ११.११ सेलमा यो फोनको ६ जीबी ६४ जीबी मोडल रू. ३३,९९९/- मा उपलब्ध हुनेछ । यो अफर कात्तिक २५ बाट सुरु हुनेछ ।

श्याओमीको बारेमा 

श्याओमी कर्परेसनको स्थापना सन् २०१० को अप्रिलमा भएको हो र जुलाई २०१८ मा यो कम्पनिले हङ्गकङ्ग स्टक एक्चेन्जको मेन बोर्डको सूचीमा परेको छ । श्याओमी एउटा इटरनेट कम्पनि हो जसको स्मार्टफोन र स्मार्ट हार्डवेयर आइओटी प्ल्याटफर्मसंग जोडिएको छ ।  

श्याओमी संसारकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड हो । यसले संसारकै सबैभन्दा ठूलो आइओटी उपभोगता प्लाटफर्म स्थापना गरेको छ । यस प्लाटफर्मको उपयोग १० करोड स्मार्ट डिभाइसहरुले गर्छन् । अहिले श्याओमीको उत्पादनहरु ७० भन्दा धेरै देश र क्षेत्रहरुमा प्रयोग हुन्छन् ।                  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा