२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेर्दाहेर्दै फ्लाइओभरको तारमा झुण्डिएका युवक यसरी भुईमा बजारिए…

२०७५, १६ कार्तिक शुक्रबार १६:०६

कात्तिक १६, काठमाडौँ (एजेन्सी) | मुम्बइको क्राउफोर्ड मार्केटनजिक जेजे फ्लाइओभरमाथि करिब २० मिटर अर्थात ३ तल्लाजति उचाइमा रहेको तारमा दुवै हातले समातेर एकजना मान्छे झुण्डिरहेको देखियो । घटना बिहीबार अपराह्नको हो । 

ति युवक झुन्डिरहेको देखेर बटुवा तथा पसलेहरु ति युवाले कुनै स्टण्ट गर्दैछन भन्ने ठानेर हेरिमात्र रहे । तर वास्तविकता अर्कै थियो र त्यो थाहा पाउञ्जेल उसलाई सहयोग गर्न निकै ढिला भैसकेको थियो । हेर्दाहेर्दै ती व्यक्तिको हात फुस्कियो र उनी भुईंमा बजारिए ।


उनी ३८ वर्षीय जब्बर जावेद अशरफ थिए । भुईंमा बजारिँदा ति युवाको हात खुट्टा भाँचियो र उनलाई तत्कालै स्थानीय जीटी हस्पिटलमा भर्ना गरियो ।

अशरफले प्रहरीलाई आफू किन जेजे फ्लाइओभर पुलमा चढेँ भन्ने कुरा सम्झना नभएको बताए । उनको विस्तृत विवरण रेकर्ड गर्नस्वास्थ्यका हिसाबले उनी सबै कुराहरु सम्झेर भन्न सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ । उसको हर्कत देख्ने धेरै दर्शकहरुले उनी फ्लाइओभरमा अडेस लागेको देखि तारमा झुण्डिउञ्जेलसम्मको करिब एक मिनेटको थुप्रै बयान सुनाए ।

एक जना पसलेका अनुसार उनीहरुले ति युवकले स्टण्ट गर्न लागेको भन्ठाने । उनले भने – 'ऊ भुईंमा बजारिँदैछ भन्ने थाहा पाएको भए हामी कपडा वा जाली लिएर तल बस्थ्यौं ।’


प्रहरीका डेपुटि कमिश्नर ज्ञानेश्वर चवनले भने,‘ उसले हामीलाई आफू किन फ्लाइओभरमा चढेको र हामफालेको भन्ने सम्झिन नसकोको बताए ।’ जीटी हस्पिटलका ड्युटीमा खटिएका डाक्टरका अनुसार प्रारम्भिक जाँच अनुसार ती व्यक्ति विगतमा लागुऔषध दुव्र्यसनी रहेको देखिएको छ । उनको दुइ ठाउँमा हड्डी भाँचिएको भए पनि टाउकोमा कुनै चोट लागेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह