Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छ लाख नगदसहित ११ जुवाडे पक्राउ

By kit 2 मिनेट पढाइ

<p>कात्तिक १७, पोखरा |&nbsp; बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।&nbsp;</p><p>उहाँका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने ३० वर्षीय सुनिल प्रसाद, मोतिहारीका ४२ वर्षीय राजुप्रसाद जैसवाल, २८ वर्षीय अमरेन्द्र कुमार, २५ वर्षीय लवकुश कुमार, ३२ वर्षीय रम्भुप्रसाद, ४० वर्षीय धमेन्द्र प्रसाद, २९ वर्षीय पप्पु जैसवाल र भारतकै शिवर जिल्ला घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवनाथ पण्डितलगायत रहेका छन् ।&nbsp;</p>