कात्तिक १८, काठमाडौँ | सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।

रिक्त रहेका चर र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ ।

हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय सथायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको छ ।

ती महिनाअघि थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ ।

- आजको नयाँ पत्रिकामा यो खबर छ ।

युएई, मलेसिया सहित १० देशका राजदुत सिफारिस हुँदै