पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १८, काठमाडौं | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्द भएको छ ।

बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । आजको नेपाल समाचापत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्द भएको छ ।

नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको हो ।

भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य ध्रुव पोखरेलले जानकारी दिए ।