२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई विमान एकआपसमा ठोक्किदा एक पाइलटको मृत्यु

२०७५, १९ कार्तिक सोमबार ०७:५१

कात्तिक १९, काठमाडौं | क्यानडामा एक सानो यात्रुवाहक विमान र अर्को विमान ठोकिँदा सानो विमानका पाइलटको मृत्यु भएको छ । 

प्रहरीका अनुसार, ओटावाबाट ३० किलोमिटर पश्चिममा रहेको कार्पमा आइतवार भएको दुर्घटनाको कारण पत्ता लागेको छैन । 

सानो यात्रुवाहक विमान सेस्नाको पाइलट एक्लै विमान उडाइरहेका थिए । उनलाई घटनास्थलमै मृत घोषित गरिएको छ । 

ट्रान्सपोर्ट क्यानडाका प्रवक्ताले अर्को विमान टर्बोप्रप पाइपर पीए–४२ लाई ओटावाको अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको र त्यहाँ सुरक्षित अवतरण गरेको बताए । 

प्रवक्ताका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ । 

संकटकालीन सेवालाई उद्धृत गर्दै सीबीसीले बताएअनुसार, पाइपर विमानका चालकले हवाई यातायात नियन्त्रकलाई सेस्नाले आफूलाई तलबाट ठक्कर दिएको र आफ्नो ल्यान्डिङ गीयर क्षतिग्रस्त भएको बताए । 

घटनामा पाइपर विमानका पाइलट र यात्रीलाई कुनै चोट पुगेको छैन । 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा