२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मलको अभाव हुँदा कृषक समस्यामा

२०७५, २० कार्तिक मंगलवार ०८:०४

कात्तिक २०, धनगढी | धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । 

सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो । 

मलको अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने देखिएको स्थानीय कृषक रामदिन चौधरीले गुनासो गर्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयमा सरकारी अनुदानको युरिया र डिएपीको मौज्दात सकिएको तथा अनुदान नभएको सिङ्गल सुपरफस्पेट र एमोनियम फस्फेट मल मात्र मौज्दात रहेको बताउनुभयो । 

यद्यपि अनुदान नभएको मलमा किसानको माग त्यति नरहेको बताइएको छ । मलको समयमै आपूर्ति नगरिएको भन्दै आक्रोशित किसानको समूहले केही दिन अघि कृषि सामग्री लिको धनगढीस्थित कार्यालयमा तालाबन्दीसमेत गर्नुका साथै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि प्रदर्शनसमेत गरेका थिए । 

कृषि सामग्री कम्पनी धनगढी कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले मल ढुवानीकर्ताको लापर्वाहीले गर्दा मल समयमै आपूर्ति हुन नसकेर अभाव सिर्जना भएको बताउनु्भयो । साल्ट ट्रेडिङ र कृषि सामग्रीले सहकारी संस्थामार्फत् अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । धान र गहुँको दुई मौसममा गरिने खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजार मेट्रिक टन बढी रासायनिक मलको आवश्यकता पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु