२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु

२०७५, २१ कार्तिक बुधबार ०२:२१

कात्तिक २१, काठमाडौँ | व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ । 

आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन् । 

‘घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी भाइलाई मोटरसाइकलमा हालेर लगेका रहेछन्,’ मृतकका दाइ शेरबहादुर ढुंगानाले भने, ‘भोलिपल्ट प्रहरी परिसरबाट भाइकी श्रीमती (अन्नपूर्ण थापा ढुंगाना) लाई श्रीमान् वीर अस्पतालमा हुनुहुन्छ, भेट्न आउनु भनी फोन आयो। ११ बजे अस्पताल पुगेकामा दुई घण्टापछि भाइको मृत्यु भयो ।’ 

भाइलाई लिएर गएकै दिन राति ११ बजे सई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको शेरबहादुरको दाबी छ। रवीन्द्रको शव हाल टिचिङ अस्पताल महाराजगन्जमा छ । 

प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने मृतक ढुंगानासँग सई कार्कीले ५ लाख रुपैयाँ लिएको र उक्त रकमको चेक बाउन्स भएपछि सोही मुद्दामा बालाजु वृत्तले नियन्त्रणमा लिएको बताए। एसएसपी थापाले भने, ‘परिवारले भनेजस्तो सई कार्कीले पक्राउ गरेको नभई उनी घर देखाउन त्यहाँ पुगेका हुन्। उनलाई वृत्तबाटै खटिएको टोलीले पक्राउ गरेको हो । 

- यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै