२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८९ जना विमान दुर्घटना: जीबित रहनसक्ने सम्भावना नरहेको भन्दै मृतक खोज्ने काम बन्द

२४ कार्तिक २०७५, शनिबार १६:५०

कात्तिक २४, जकार्ता, इन्डोनेसिया | दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ ।  

अक्टोबर २९ मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ७३७–एमएएक्स–८ मा यात्रारत चालक दलका सदस्यसहित १८९ जनाको खोजी शनिबार पछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सञ्चारकर्मीलाई बताउनुभयो । 

विगत ४८ घण्टाको अन्तरालमा मृत शरीरका कुनै सङ्केत नभेटेको र दुई हप्तासम्म विमान दुर्घटनाबाट समूद्रमा जीबित रहनसक्ने सम्भावना नरहेकोले मृतकको खोजी कार्य रोकिएको छ, स्यायुगीले सञ्चारकर्मीसँग बताउनुभयो । 


“उद्धारका क्रममा मृतकका शरिरका विभिन्न १९६ नमूनाहरू भेटिएको र तीमध्ये ७९ जनाको शरिर पहिचान भै अन्तिम संस्कारका लागि पीडितका आफन्तहरूलाई बुझाइएको छ,”उहाँले थप्नुभयो । 

“ दुर्घटना भएको केही समयभित्रैदेखि उद्धार शुरू गरेको र जिम्मेवारी अनुसार काम गरेको जानकारी गराउन चाहन्छौं । हामीले पीडितका परिवारलाई सेवाबाट सन्तुष्ट बनाउन नसकेको भए क्षमा माग्दै अब मृत शरिरको खोजी रोक्ने निर्णय गरेका छौँ ।” 

मृतकका आफन्तलाई क्षतिपूर्तिस्वरूप प्रदान गराउने गरी घोषणा गरेको रकम शनिबार उप्रान्त वितरण गरिने लायन एअर कम्पनीले जनाएको छ । 


इन्डोनेसियाली राष्ट्रिय यातायात सुरक्षा समितिले अहिलेसम्म एउटा ब्लाक बक्स रडाटा रेकर्डर फेला पारेको र ककपिट भ्वाइस रेकर्डरको खोजी जारी रहेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य