२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिटिसीको नयाँ स्मार्टफोन बजारमा, यस्ता छन् फिचर्स (मुल्यसहित)

२०७५, २६ कार्तिक सोमबार ०६:०६

कात्तिक २६, काठमाडौं|  डिटिसी मोबाइल फोन्सले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । 

कम्पनीले डिटिसी ग्रान्ड ओरियो एस ३० मोडेलको फोन बजारमा ल्याएको हो। डिटिसी एस ३०(ओरियो) ले प्राप्त गरेको प्रतिक्रिया र समर्थनसँगै नयाँ, आकर्षक तथा स्टाइलिस बजेट स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ।

डिटिसी ग्रान्ड ओरियो एस ३० मा जी प्लस जी स्क्रिन, ५ पोइन्ट टच सेन्सरसहितको कर्भड् बडी, अगाडि र पछाडि दुवैतिर फ्ल्याससहितको गुणस्तरीय ५ मेगा पिक्सेलको क्यामेरा रहेको छ । त्यस्तै, एआई टेक्नोलोजी प्लस सेन्सर क्यामेरा भएको उक्त फोन पकेट तथा हातमा सजिलै अटाउने कम्पनीको दाबी छ।

सिंगापुरमा डिजाइन गरिएको उक्त फोनमा दुईवटा सिमकार्ड लाग्छ। यसमा एन्ड्रोइड गो ८.१ ओएस अपरेटिङ सिस्टम, क्वाड–कोर प्रोसेसर र २ हजार ५ सय एमएएच ब्याट्री रहेको छ ।

यसमा १ जिबी र्‍याम र ८ जिबी रोम रहेको छ भने १ सय २८ जिबीसम्म बढाउन सकिन्छ । बजारमा कालो, रातो, निलो र सुनौलो रंगमा उपलब्ध भएको यो फोनको मूल्य ८ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु