2026-07-28 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

कात्तिक २८, बैतडी | बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । 

पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । 

पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाउँपालिकामा तत्कालीन एमालेको नेतृत्व रहने छ । दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा तत्कालीन माओवादीले नेतृत्व लिने भएको छ । 

समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालीन पार्टीभन्दा अर्को पार्टीको व्यक्ति रहने पनि निर्णय भएको छ । ८१ सदस्यीय नगर कमिटी रहनेमा अध्यक्षको तत्कालीन पार्टीबाट ४२ र सचिवको तत्कालीन पार्टीबाट ३९ रहने छन् । 

यस्तै ७५ सदस्यीय हुने गाउँपालिकास्तरीय कमिटीमा पनि अध्यक्षको तत्कालीन पार्टीबाट ३९ तथा सचिवको तत्कालीन पार्टीबाट ३६ सदस्य रहने छन् । 

सात जना रहने नगरपालिकाको कार्यालय कमिटीमा तत्कालीन एमालेबाट चार तथा माओवादीबाट तीन रहने छन् भने पाँच जना रहने गाउँपालिकामा कार्यालय कमिटीमा तीन एमाले तथा दुई माओवादी केन्द्रका रहने छन् । 

यस्तै तीन जना रहने वडास्तरीय कार्यालय कमिटीमा पनि २–१ को भाग लगाइएको छ । पालिकास्तरीय उक्त समितिको दुई÷तीन दिनभित्रै टुङ्गो लाग्ने बताइएको छ । टुङ्गो लागेका विवरण प्रदेश कमिटीलाई सिफारिश गरिएको जनाएको छ । 

जिल्लाको नेतृत्वको टुङ्गो केन्द्रले लगाउने भएकाले एक हप्ताभित्रै लाग्ने जनाएको छ । बैतडीमा १३५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । गत जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महीना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिँदा पार्टी कार्यकर्ता र नेताबीच टीकाटिप्पणी हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ