२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँको मोबाइल सक्कली कि नक्कली ? यसरी थाहा पाउनुहोस्

२०७५, ३० कार्तिक शुक्रबार १०:१२

मोबाइल किन्ने बेलामा त मोबाइल तपाईलाई कुनैपनि पसलेले नक्कली हो भनेर भन्दैनन् उसले सबैजसो मोबाइललाई सक्कली नै भनिरहेको हुन्छ । यदी हामी त्यस कुरामा अनविज्ञ भएमा हामी सहजै ठगिन सक्छौ ।

त्यसकारण मोबाइल सक्कली र नक्कलीमध्ये कुन हो भन्ने थाहा पाउन सकिन्छ केही उपायहरु तल रहेका छन् ।

१. तौल

स्मार्टफोन बनाउने कम्पनीले उसको अफिसियल वेबसाइटमा त्यस मोडलसँग जोडिएको सबै जानकारी सेयर गरेको हुन्छ । त्यस जानकारीमा उक्त स्मार्टफोनको तौल पनि उल्लेख हुन्छ । कुनैपनि स्मार्टफोन फेक छ भन्ने कुरा त्यसको तौलबाट पनि सजिलै थाहा लाग्छ ।

२. स्पिड र फिचर्स

नक्कली स्मार्टफोनको स्पिड असली स्मार्टफोनको तुलनामा कम हुन्छ । यसलाई सजिलै पत्ता लगाउन सकिन्छ । फेक स्मार्टफोनमा सफ्टवेयरको सहयोगले त्यसको हार्डवेयर डिटेल बदल्न सकिन्छ ।

त्यस्तै यस स्मार्टफोनको पहिचान फिचर्सको आधारमा पनि गर्न सकिन्छ । सक्कली स्मार्टफोनमा जुन फिचर्स हुन्छ, नक्कलीमा हुँदैन ।

३. मूल्य

फेक स्मार्टफोनको लागत सक्कलीको तुलनामा निकै सस्तो हुन्छ । सस्तो पाए भन्दैमा मख्ख नपर्नुहोस्, तपाई फन्दामा पर्नुहुनेछ । बजारमा सक्कली जस्तै देखिने स्मार्टफोन एकदमै सस्तो मूल्यमा पाइन्छ । जब त्यो अस्वभाविक सस्तो भन्ने लाग्छ, शंका गरिहाल्नुहोस् ।

४. ग्यारेन्टी वा वारेन्टी

जब नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ, त्यसको ग्यारेन्टी वा वारेन्टीको बारेमा जानकारी लिनुपर्छ । साथै फोनमा आउने वारेन्टी पेपरलाई पनि राम्ररी जाँच गर्नुहोस् । त्यसमा रिटेल शोरुम वा सपको सील लगाएको हुन्छ । स्मार्टफोनले अक्सर एक बर्ष वा त्यो भन्दा बढीको वारेन्टी दिएको हुन्छ ।

५. रंग र डिजाइन

जब तपाई मोबाइल खरिद गर्न जाँदै हुनुहुन्छ भने त्यसको बारेमा जानकारी लिनुपर्छ । यसका लागि तपाईले सम्बन्धित मोवाइल कम्पनीको आधिकारिक वेवसाइट क्लिक गर्नुपर्नेछ ।

कम्पनीले फोनको बारेमा जानकारी दिएको हुन्छ । त्यसमा तपाईले मन पराएको मोवाइलको डिजाइन र रंग पनि बताएको हुन्छ । वेवसाइटमा हेरे जस्तै दुरुस्तै मिल्ने भए मात्र त्यो डिजाइनको मोवाइल किन्नुहोस् ।

६. स्मार्टफोनको लुक

यदि नक्कली स्मार्टफोनको लुक सक्कली जस्तै छ भने धोका खान सक्नुहुन्छ । किनभने धेरैले मोवाइलको लुक्स हेर्छन् । त्यसपछि मात्र फिचर्स ।

यस्तो अवस्थामा सबैभन्दा पहिला स्मार्टफोनको बडीको फिनिसिङका साथसाथै कम्पनीको लोगो र डिजाइन पनि हेर्नुहोस् ।

लोगो ठिक छ छैन ? डिजाइनमा कुनै गडबड पो छ कि ? त्यती मात्र होइन, फोनको बक्स निकालेर त्यसको प्याकिङ र वारेन्टी पेपर पनि ध्यानपूर्वक हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा