२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजार हिस्सा गुमाउँदै वायुसेवा निगम

२०७५, १ मंसिर शनिबार ०९:४२

सिवी अधिकारी | मङ्सिर १, काठमाडौँ | गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । 

नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन् । 

निगमले जारी गरेको स्वेतपत्रअनुसार अघिल्लो वर्षको तुलनामा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ भने आन्तरिकतर्फ १.३ प्रतिशतले बढेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष निगमको आन्तरिक बजार कमजोर थियो । 

निगमले हालै भित्र्याएको वाइड बडी ए३३० जहाजले नयाँ गन्तव्य पाउन सकेको छैन । पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । वाइड बडी जहाजले जापान, कोरिया र रियादमा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जिएसए छनोट कार्य भइरहेको बताइएको छ । व्यवसायिक अवस्थालाई सुधार्न उक्त जहाजलाई लामो गन्तव्यमा यथासक्य चाँडो सञ्चालन गर्नुपर्ने स्वेतपत्रमा औँल्याइएको छ । 

निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ । निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बैंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ । 

निगमले आन्तरिक बजारतर्फ हाल आफ्नो आन्तरिक बजारलाई २५ वटा सेक्टरमा विस्तार गरेको छ । ट्रङक सेक्टरमा भद्रपुर, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, सिमरा, सुर्खेत र पोखरा उडान गर्छ भने स्टल सेक्टरतर्फ बागलुङ, बाजुरा, भोजपुर चौरजहारी, डोल्पा, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला, मेघौली, मुगु, फाप्लु, रुकुम, सिमिकोट, ताप्लेजुङ र थामखर्कमा सेवा विस्तार गरेको छ । 

गत आव भन्दा चालू आवको साउन र भदौमा ‘सेट फ्याक्टर’ घटेको र यसलाई तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाई अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । आन्तरिकतर्फ सम्पूर्ण सेक्टर गत आवमा ८३ प्रतिशत रहेकोमा चालू आवको साउनमा ६६ प्रतिशतमा आएको तथा भदौमा ७४ प्रतिशत ‘सेट फ्याक्टर’ रहेको निगमले जनाएको छ । 

निगमको अन्तर्राष्ट्रिय उडानतर्फ बजार अंश आव २०७०÷७१ मा ५.६, आव २०७१÷७२ मा ७.३५, २०७३÷७४ मा ४ र २०७४÷७५ मा ९.७५ प्रतिशत रहेको छ । निगमले दुई थान एयरवस ए ३२० थपे पश्चात निगमको बजार अंशमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४÷७५ मा अन्तर्राष्ट्रियतर्फ निगमको बजार अंश केही तल झरेको देखिएको छ । आन्तरिक उडानतर्फ निगमको बजार अंश आव २०७४÷७५ मा ३.३ बाट ४.६ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रियतर्फ कार्गोमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४÷७५ मा एक हजार २३१ टन कार्गो निगमले बोकेको छ । 

दीर्घकालीन कर्जा तथा ब्याज दायित्वले निगमलाई उच्च वित्तीय जोखिममा पारेको छ । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुईवटा नयाँ वाइड बडी जहाज भित्र्याएको निगमले ऋणाभार बढी भएकै कारण अधिकृत पूँजी विस्तार गर्न सरकारलाई गुहारेको छ । 

निगमले नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अधिक रहेकाले तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय जोखिम न्यूनीकरणका लागि तत्काल पूँजी वृद्धि गर्नुपर्ने औँल्याएको छ । वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताउनुभयो । 

“निगमलाई कर्जाको असमानताले तत्कालै आर्थिक समस्या देखिएको हो, वित्तीय सन्तुलन र व्यावसायिक योजनालाई प्रभावकारी बनाउन सरकारसँग पूँजी अभिवृद्धिका लागि आग्रह गरेका हौँ”, उहाँले भन्नुभयो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो बडी ए ३२० जहाज र एक थान बोइङ जहाज छन् । आन्तरिक उडानका लागि तीन टुइनटर, दुई एमए–६० र चार थान वाई–१२ इ विमान छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ