२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चार जनाको मृत्यु

२०७५, ४ मंसिर मंगलवार ०८:०९

मङ्सिर ४, अमेरिका | अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ । 

उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो । 

गोली लागेर उक्त अस्पतालका दुई जना महिला कर्मचारीको ज्यान गएको थियो । एक कर्मचारीको पार्किङ स्थलमा नै मृत्यु भएको थियो भने अर्की एकजनालाई लिफ्टबाट ओर्लिँदै गर्दा गोली हानेको थियो । 

तर पछि भने सो गोलीकाण्डलाई नियन्त्रणमा लिनको लागि प्रहरीले नै गोलाबारी गर्नु परेको थियो । अस्पतालमा पार्किङ् इलाकामा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

मारिने अर्काे एकजनामा गोली प्रहार गर्ने व्यक्ति नै रहेका छन् । ती व्यक्तिले आफूले आफैलाई गोली हानेका हुन् या प्रहरीको गोली लागेर भन्ने बारेमा भने केही बताइएको छैन । दुई महिला कर्मचारी र एकजना प्रहरी अधिकारीको भने सो व्यक्तिकै गोली लागेर मृत्यु भएको हो । 

स्थानीय समयानुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा यस गोलीकाण्ड भएको थियो । प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाएको थियो । 

सुरक्षाको कारण घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै