2026-09-01 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुकुम्वासी समस्याको समाधान छिट्टै हुन्छ : अध्यक्ष दाहाल

मङ्सिर ६,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । 

भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा उहाँले सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको बताउनुभयो । 

सो अवसरमा उहाँले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताउनुभयो । कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ ।” यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध शुरु हुने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले राप्ती र नारायणी नदीको तटबन्धसहितको चक्रपथको विस्तृत अध्ययन प्रतिवेदनको काम यसै वर्षबाट शुरु हुने बताउनुभयो । 

कार्यक्रममा उहाँले भन्नुभयो, “म आफू चितवनको जनप्रतिनिधि भएकाले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।” अध्यक्ष दाहालले विगत १२÷१५ महीनामै भरतपुर महानगर र सिङ्गो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताउनुभयो । भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र सिटी हल छिट्टै बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “माडी–ठोरी केरूङ सडकको काम पनि अगाडि बढ्छ ।” 

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहालले भरतपुर–२४ ले वातावरणमैत्री वडा घोषणाका सम्पूर्ण मापदण्ड पूरा गरी वातावरणमैत्री वडा घोषणा गराउन सफल वडावासीलाई धन्यवाद दिँदै अन्य वडालाई पनि क्रमशः वातावरणमैत्री वडा घोषणा गर्दै जाने बताउनुभयो । 

भरतपुर महानगरलाई नमूना बनाउन लागिपरेको भन्दै महानगरप्रमुख दाहालले भन्नुभयो, “भरतपुर महानगरपालिका महत्वकाङ्क्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनालाई सम्पन्न गर्न हामी अग्रसर भएर लागिरहेका छौँ ।” उहाँले थप्नुभयो, “सिटी हल निर्माण, रिंगरोड, लिंकरोडका कामहरु तीव्र गतिमा अगाडि बढिरहेका छन् ।” भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला