२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल हरायो ? मोबाइल १ मिनेटमै यसरी पत्ता लगाउनुहोस्

२०७५, ७ मंसिर शुक्रबार ११:२७

के तपाइ मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ।

मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ । यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ ।

त्यतिमात्रै कहाँ हो र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ ।यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ ।

१. सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

२. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

३. यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

यद्यपी आईफोन युजरले भने यो ट्रिकबाट फाइदा लिन सक्दैनन् । तपाई‌ंको फोन अनिवार्य एण्ड्रोइड हुनु जरुरी छ । आईफोन का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन