2026-06-28 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रशोधन कारखानामार्फत मालिक बन्दै चिया किसान

2018-11-24

गोविन्द लामिछाने | मङ्सिर ८, मङ्गलबारे | हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् । 

जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका किसान आफैँ चिया मालिक बन्न प्रशोधन कारखाना खोल्न लागिपरेका हुन् । सहकारीमार्फत खुलेका उद्योगले उत्पादनलाई पूर्ण अग्र्यानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पु¥याउने लक्ष्यका साथ नाशामार्फत अग्र्यानिक प्रमाणीकरण लिने क्रम पनि शुरु गरिएको छ । 

चिया अग्र्यानिक हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाको निर्यात बढ्ने तीनजुरे चिया कारखानाका व्यवस्थापक सोमनाथ शर्माको भनाइ छ । देशभरमा सहकारीमार्फत ३१ कारखाना खुलेका छन् । झापामा खुलेका चार वटाबाहेक सबै अग्र्यानिक छन् । सहकारीबाट खुलेकामध्ये इलाममा आठ वटा कारखाना छन् भने बाँकी पाँचथर, धनकुटा, ललितपुरलगायत जिल्लामा सञ्चालन भइरहेका छन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले यस्ता कारखानाले कृषकलाई उचित मूल्य दिने गरी सहकारीकर्मी किसानलाई एकताबद्ध गर्दै बजारीकरणमा सघाउने सङ्घको उद्देश्य रहेको बताउनुभयो । 

देउमाई नगरपालिका–३ राँकेटारमा चिया किसानको सक्रियतामा सहकारीमार्फत चिया प्रशोधन कारखाना स्थापना गरिएको छ । यहाँ १६१ जना कृषक सदस्य रहेको उच्च पहाडी चिया उत्पादक सहकारी संस्थाले कारखाना सञ्चालनमा ल्याएको हो । कारखानाका लागि सहकारीमा आबद्ध किसानले रु एक करोड लगानी गरेको हो । सो कारखानालाई उन्नति समावेशी वृद्धि कार्यक्रमले रु ५० लाख आर्थिक सहयोग गरेको छ । 

दैनिक एक हजार ५०० किलोग्राम हरियो चियापत्ती प्रशोधन गर्ने क्षमता रहेको कारखानाका अध्यक्ष थीरकुमार राउतले बताउनुभयो । सहकारीले नासा अन्तर्राष्ट्रिय अग्र्यानिक प्रमाणीकरण निकायबाट अग्र्यानिक प्रमाणित गरिसकेको छ । वार्षिक ३० हजार किलो तयारी चिया उत्पादन गर्ने कारखानाले लक्ष्य लिएको छ । 

सूर्योदय नगरपालिकाको बरबोटे, फाकफोकथुमको तीनजुरे, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाबीचको तालगाउँमा सहकारीमार्फत चिया प्रशोधन कारखाना खुलेका छन् । सहकारीमार्फत जिल्लामा खुलेका चिया कारखानामा किसानको लाखौँ लगानी छ । 

यहाँको उत्पादन अझै पनि भारतमुखी बजारमा निर्भर रहेकाले कृषकलाई उपयुक्त मूल्य दिन नसकिएको बताइएको छ । जिल्लामा सञ्चालित अर्थोडक्स चिया कारखानाले आन्तरिक र पश्चिमा बजारमा केही तथा बाँकी चिया भारतको कोलकत्तामा बिक्री गर्दै आएका छन् । 

“भारतमुखी बजारको विकल्पको खोजी नगरिएसम्म अझै पनि मुस्किल छ”, इलामेली चिया सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीले भन्नुभयो, “कारखाना निर्माणका सबै प्रक्रिया सकेर सहकारी बजारको खोजीमा छ ।” फाकफोकथुमको तीनजुरे चिया कारखानाले अग्र्यानिक उत्पादन विदेश निर्यात गरिरहेको छ । यसपटक कारखानाले करीब ५०० किलोग्राम तयारी चिया जर्मनी, नेदरल्याण्डलगायत तेस्रो मुलुकमा बिक्री भएको कारखानाका व्यवस्थापक सोमनाथ शर्माले बताउनुभयो । 

अहिले जिल्लामा साना ठूलागरी १०० धेरै चिया कारखाना सञ्चालनमा छन् । कारखानाको क्षमताअनुसार उत्पादन क्षेत्र नबढ्नु, प्रतिष्पर्धा तीव्र हुनु र सीमापारि दार्जिलिङतर्फ हरियो चियापत्ती निकासी भइरहनुजस्ता कारणले अधिकांश कारखानाले क्षमताअनुसार चियापत्ती प्रशोधन गर्न सकिरहेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी