२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाजभित्रै यात्रुको मृत्यु

२०७५, ८ मंसिर शनिबार १४:२४

मङ्सिर ८, रारा (रासस) | रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । 

आज दिउँसो १२:३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् । 

यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेधीले यात्रु जहाँजभित्र अचेत भएको खबर आउना साथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताउनुभयो । रारा विमानस्थल तारा एअरका स्टेशन इञ्चार्ज शेरबहादुर भामले बिरामीलाई प्राथमिकता दिने प्रावधानअनुसार मृतक शाहीका आफन्तलाई बिरामी मन्जुरी पत्रमा दस्तखत गराई तारा एअरको उडानबाट पठाइएको बताउनुभयो । 

मृतकका दाई नन्दबहादुर शाहीका अनुसार शाहीलाई जहाजमा उडाई सकेपछि आफू घर फर्कँदै गर्दाबीच बाटोमा तारा एअरलाइन्सका दुई जना कर्मचारी र दुई जना प्रहरीले तपाईँ नेपालगञ्ज जानुपर्ने भयो भन्दै पुनः रारा विमानस्थलमा लगेर कागज गराएका थिए । 

शव परीक्षणका लागि शव भेरी अस्पतालमा प्रहरीले लगेपनि आफन्तले यात्रु बीमा नपाउनन्जेलसम्म शव नबुझ्ने बताएका छन् । रारा नागरिक उड्डयान कार्यालय मुगुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि राँझा विमानस्थलमा जहाज अवतरण गर्ने वित्तीकै बिरामीलाई अस्पतालतर्फसम्म लगेको खबर आफूले पाएको र बिरामीका आफन्तले बिरामी उडान सहमतिपत्रमा दस्तखत गरेको बताउनुहुन्छ । 

तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ जना यात्रुहरु रहेका थिए । आफन्तहरुले बिरामीको जहाजभित्र मृत्यु भएको बताएपनि विमानस्थलबाट अस्पतालतर्फ लैजाँदै गर्दा मृत्यु भएको दावी गरेको छ । बिरामी मन्जुरी पत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाजभित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बीमा र क्षतिपूर्ती दिनुपर्ने प्रावधान नागरिक उड्डययन ऐनमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु