२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिल्सा सिमकोट सडकअन्तर्गत च्याछरा खण्डको स्थलगत निरीक्षण

२०७५, ९ मंसिर आईतवार ०८:३९

मङ्सिर ९, हुम्ला (रासस) | हिल्सा सिमकोट सडकअन्तर्गत च्याछरा खण्डको स्थलगत निरीक्षण गरिएको छ । 

विस्फोटक पदार्थको अभावमा दुई वर्षसम्म रोकिएर शुरु भएको बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सिमकोट हिल्सा सडकखण्डको शनिबार प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानासहितको टोलीले निरीक्षण गरेको हो । 

चट्टान फुटाउने कार्य तीव्ररूपमा भइरहेको समयमा सडकको ट्र्याक खोल्नका लागि उच्च पदाधिकारीको टोली निरिक्षणमा गएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष अर्जुन बोहराले बताउनुभयो । च्याछरा भीरमा धेरै ठूलो चट्टान भएका कारण समस्या भएका उक्त सडक आयोजना प्रमुख शसाङ्क मिश्रले बताउनुभयो । चट्टान फुटाउने कार्य एक महीना अगडिदेखि शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

उक्त खण्डको १०० मिटरमा करीब ७० देखि ८० मिटर चौडा बनाउने कार्य अगाडि बढिरहेको प्रमुख मिश्रले बताउनुभयो । सडकखण्डको पूरा भाग चट्टान भएका कारण काम गर्न असजिलो भए पनि निर्माणकार्यले गति लिएको बताइएको छ । 

दैनिक १२ जनाको हाराहारीमा कामदारले चट्टान फुटाउन होल खोप्ने कार्य गरिरहेका छन् । कम्तिमा १५० भन्दा बढी होल खोपिसकेपछि नेपाली सेनालाई विस्फोटनका लागि सिमकोटबाट बोलाइने गरिएको छ । सो क्रममा ५०० राउण्ड विस्फोट गरिसकेको प्रमुख मिश्रले जानकारी दिनुभयो । 

चट्टानबाहेक उक्त खण्डमा चार किलोमिटर सडकको मात्र ट्र्याक खोल्न बाँकी रहेकामा बोलपत्रसमेत स्वीकृत भइसकेको छ । विसं २०५५ मा तत्कालीन जिल्ला विकास समितिको आन्तरिक स्रोतमा निर्माणकार्य शुरु गरिएको उक्त सडकको लम्बाइ ९५ किलोमिटर छ । यसमा करीब ९० किलोमिटर हाल गाडी गुड्ने अवस्थाको सडक निर्माण भइसकेको आयोजनाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रानीवन गुल्मका सेनानी निश्चल पाठक, प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, अनुसन्धान प्रमुख लोकमणि आचार्य, हिल्सा–सिमकोट आयोजना प्रमुख मिश्र र नेपाल पत्रकार महासङ्घका अध्यक्ष बोहरालगायतको सहभागिता रहेको थियो । 


माथिको तश्वीरमा: सिमकोट हिल्सा सडक खण्ड अन्तर्गत च्याछरा खण्डको भिर विस्फोटन गर्न स्थलगत निरीक्षण गर्दै मजदुर । तस्वीर: दाने बोहरा, हुम्ला रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ