2026-07-25 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर चिसो बढ्यो

मङ्सिर १०, काठमाडौँ | काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । यद्यपि अपराह्न भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकतम तापक्रम आज २२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ । 

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घटिरहेको महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री मापन गरिएको छ । 

त्यस्तै सिमराको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने १० दशमलव १ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस मापन गएिको छ । 

धनकुटाको न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । त्यस्तै पोखराको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस छ । केही दिनको अवस्था हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री तथा सबैभन्दा बढी विराटनगरमा १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ