2026-09-03 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब हराएको पर्स केहि दिनपछि थप पैसा र चिठ्ठीसहित भेटियो !

तपाइँ पत्याउनुहुन्छ ? हराएको पर्स कसैले फिर्ता गर्ला त्यो पनि डबल पैसा थपिदिएर ! तर अमेरिकामा यस्तै घटना घटेको छ | अमेरिकाको ओमाहामा बस्ने २० वर्षे हन्टर शैमत्त केही दिनअघि लस भेगस पुग्दा उनको पर्स हरायो । पर्समा ६० डलर, चार सय डलरको पे–चेक, बैंक कार्ड र परिचय पत्र थियो । केही दिनपछि हन्टरले आफ्नो पर्स डाकमार्फत पाए । पर्समा सय डलर थियो । पर्स फिर्ता गर्नेले एउटा पत्र पनि पठाए जसमा लेखिएको थियो, ‘पर्स भेटिएको खुसीमा मोज गर ।’

दिदीको विवाहकै लागि ओमाहाबाट लस भेगस पुगेका हन्टर पर्स हराएपछि विवाहको तयारीसमेत गर्न पाएनन् । 

दिदीको विवाहपछि नोभेम्बर ११ तारिखमा हन्टर आफ्ना आमाबुवासहित ओमाहा फिर्ता हुन एयरपोर्ट पुगे ।

उनकी आमालाई छोराको परिचय पत्र नभएका कारण विमानमा यात्रा गर्न दिने हो कि होइन भन्ने चिन्ता थियो ।

अन्त्यमा एक घण्टाको अन्तर्वार्तापछि उनलाई विमानमा यात्राको लागि अनुमती दिइयो ।

त्यसको भोलिपल्ट एउटा पार्सल उनको घरमा आइपुग्यो । उक्त पार्सल ओहामा नै बस्ने टोड ब्राउनले पठाएका थिए । हन्टरले पर्स खोलेर हेर्दा त्यसमा ६० को साटो सय डलर भेटे जबकी अन्य सामान जस्ताको तस्तै थिए । पर्समा एउटा पत्र पनि थियो ।

पत्रमा लेखिएको थियो, ‘हन्टर, मैले तिम्रो पर्स ओशामाबाट डेनवर जाँदै गरेको फ्रन्टियर फ्लाइटमा १२ नम्बरको लाइनको एक सिटमा भेटेको थिएँ । तिम्रो पर्स सिट र विमानको भित्ताको बीचमा फसेको थियो । यो तिमीलाई फिर्ता चाहेको मैले सोचें ।

">

पत्रको अन्त्यमा लेखिएको थियो, ‘मैले तिम्रो रकम सय बनाइदिएको छु ता कि पर्स फिर्ता पाएकोमा खुसी मनाउन सकियोस् । मोज गर ।’

हराएको पर्स हातमा पाएकोमा विश्वास नै गर्न नसकेको हन्टर सम्झिन्छन् । उनले टोड ब्राउनलाई धन्यवादसहित पत्र लेखे ।

‘सर, मैले तपाईंलाई जतिपटक धन्यवाद दिएपनि त्यो अपुग छ । तपाईंले जुन मेरो लागि गर्नुभयो, यस्तो घटनाबारे कहिले पनि सुनेको थिइनँ । मैले र मेरो परिवारले जीवनभरी यस्तो उदारता अनुभव गरेका थिएनौं । मैले कहिले पनि मेरो पर्स फिर्ता होला भनेर सोचेको थिइनँ त्यो पनि ४० डलर बढेर आउला भनेर त कल्पनै गरेको थिइनँ । मुरी मुरी धन्यवाद ।’

हन्टरकी आमाका अनुसार उनले तीनपटक पैसा गनेका थिए ।

ब्राउनले आफ्नो अन्तर्वार्ता प्रस्तावको जवाफ नदिएको वासिङ्टन पोस्टले बताएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही