२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको मालिका गाउँपालिका–६ मा सामुदायिक भवन निर्माण

२०७५, १५ मंसिर शनिबार ०२:३८

मङ्सिर १५, म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । दुखुबेँसीमा रहेको जनहित आमा समूहको अगुवाइमा सभाहलसहितको एकतले दुईकोठे भवन निर्माण भएको हो । स्थानीयवासीबाट करीब रु १८ लाख चन्दा सङ्कलन गरेर सरकारी निकायको सहयोगबिनै भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष डिलमाया पुनले बताउनुभयो । 

भवन निर्माणका लागि स्थानीय टेकबहादुर रोकाले करीब डेढ रोपनी जग्गा सहयोग गर्नुभएको थियो । भवन निर्माण भएपछि भेला, बैठक, तालीम, गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । व्यक्तिको आँगन र चौरमा बैठक बस्नुपर्ने समस्या हटेको छ । 

समुदाय परिचालनमार्फत सामुदायिक भवन निर्माण गरेर दुखुबँेसीवासीले विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेका स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध