२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पुस १३ देखि पोखरा सडक महोत्सव हुने

१५ मंसिर २०७५, शनिबार ०२:४५

मङ्सिर १५, चिप्लेढुङ्गा (रासस) | पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) ले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । 

पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा महत्वपूर्ण मानिदै आएको सडक महोत्सव २०औँ संस्करणस्वरुप अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को स्वागतार्थ आयोजना गरिन लागेको रेवानका अध्यक्ष बुधराज भुजेलले (भीमसेन) जानकारी दिनुभयो । उहाँले रेवानले स्थानपनाकालदेखि नै व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनसँगै पर्यटकीय गतिविधिमा विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

शहीद चोकदेखि खहरे, डिहीकोपाटनसम्मको झण्डै तीन किमी दूरीमा आयोजना हुने सो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक गतिविधि हुने महासचिव गणेश थापाले जानकारी दिनुभयो । महोत्सवमा लोपोन्मुख भेषभूषा, कला संस्कृति, ग्रामीण भेगमा उत्पादित सामग्रीको बिक्रीलाई प्रोत्साहन गरिने थापाले बताउनुभयो । 

महोत्सवलाई सभ्य र भव्य बनाउन अध्यक्ष भुजेलको संयोजकत्वमा २६ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको थापाले जानकारी दिनुभयो । 

महोत्सवमा पर्यटकको स्वाद र रुचिअनुसारका राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय परिकारका खानाहरु सडकमै उपलब्ध गराइनुका साथै महोत्सवमा मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकूद, वृत्तचित्र प्रदर्शनी, बालउद्यान, चर्चित कलाकारको प्रस्तुति रहने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ