२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

२०७५, १६ मंसिर आईतवार १३:१९

मङ्सिर १६, चितवन (रासस) | अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । 

भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैगरी अण्डा उत्पादक किसान राहत कोषसमेत स्थापना गर्नुपर्ने आवश्यकता महसुस गर्दै कोष स्थापनाका लागि कार्यविधि तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ । 

सङ्घले अण्डा व्यापारीले ढुवानी गर्दा हुन जाने नोक्सानी बेहोर्नका लागि विगत एक दशकदेखि अण्डा ढुवानी राहत कोष स्थापना गरी काम गर्दै आएका छन् । सङ्घले देशभरको प्रतिनिधित्व हुने गरी कार्यसमितिको सङ्ख्या बढाउन आगामी साधारणसभामा प्रस्ताव पेश गर्ने जिम्मा कार्यसमितिलाई दिने निर्णय गरेको छ । सङ्घले चितवनमा रहेका सदस्यबाट विसं २०६४ देखि बजार प्रवद्र्धन कोषका लागि प्रति पेटी रु एक र अण्डा ढुवानी राहत कोषवापत रु तीन उठाउँदै आएकोमा देशभरबाट नै कोषमा रकम उठाउने निर्णय गरेको छ । 

भेलाले अण्डाको मूल्य घट्नुको प्रमुख कारण उत्पादन बढी भएको भन्दै लेयर्स प्यारेन्ट आयातमा नै कटौती गर्न ह्याचरी उद्योग सङ्घलाई आग्रह गर्ने निर्णय गरेको छ । त्यसैगरी अण्डाको बजारीकरणका लागि हरेक जिल्लामा सहकारीको स्थापना गरी त्यसको अवधारणाअनुसार कामकाज गर्ने निर्णय गरेको छ । 

भेलामा देशभरका ३०० जना कृषक सहभागी भएका थिए । हाल ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट रु २४० र मध्यमको रु २०० मा बिक्री हुँदै आएको छ । सङ्घका केन्द्रिय सचिव मदन पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु २७० पर्न आउँछ । मूल्य एकोहोरो घटेपछि किसानका आपतकालीन भेला डाकिएको पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु