2026-10-23 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब एक महिलाको पेटमा २६ किलोको मासु पलायो…

एकजना महिलाको पेटभित्र २६ किलोको मासु पलायो भने अवस्था के होला ? अण्डासयमा पलाएको २६ किलोको फोका अर्थात् सिस्ट शल्यक्रिया गरेर निकालेपछि एकजना महिलाको तौल नै एक तिहाइले घटेको छ । उनको पेटमा रहेको त्यो डल्लोको तौल सातवटा नवजात शिशु जत्तिकै हुन आउँछ ।

किली फावेलको पेट बढ्दै गयो । पेट बढ्दै गएपछि उनले गर्भ परीक्षण गराइन् । तर रिजल्ट नेगेटिभ आयो । पेट यसरी बढ्दै थियो कि गर्भ परीक्षणको नतिजा नेगेटिभ आएको भएपनि त्यसलाई पत्याउन डाक्टरहरुलाई पनि हम्मे पर्यो । उनी गर्भवती नै भएको तर गर्भ जाँच्ने साधनले धोका दिएको हुनसक्ने डाक्टरहरुको प्रारम्भिक अनुमान थियो ।

२८ वर्षकी कीलीलाई चिन्ने मान्छेहरुले पनि डेलिभरी डेट सोधेर हैरान बनाउँथे । उनले आफू मोटाएर यस्तो भएको भनेर भन्दा पत्याउने कोही भएनन् ।

बेलायतको स्वान्सी सहरमा बस्ने कीलीको पेट सन् २०१४ बाट बढ्न सुरु गरेको थियो ।

उनी आफ्नो पार्टनर जेमी गिब्बिनसँग बस्दै आएकी थिइन् । पेट बढ्दै जाँदा कतै गर्भ रह्यो कि भनेर उनीहरुले घरमै परीक्षण गरे । तर नतिजा नेगेटिभ थियो ।

उनले सन् २०१६ मा बल्ल डाक्टरलाई देखाइन् । डाक्टरले पनि सुरुमा गर्भ परीक्षण गर्यो । नतिजा नेगेटिभ निस्कियो । तर पेटको आकार प्रकार सबै हेरेपछि डाक्टरले पनि अनुमान लगायो कि उनी गर्भवती नै हुन् ।

आफूलाई हेर्दा जो कोहीले पनि नौ महिनाको गर्भ पुगिसकेको लख काट्ने गरेको उनी बताउँछिन् ।

अन्ततः गत वर्षको जनवरीमा डाक्टरले उनलाई अल्ट्रासाउण्डका लागि रिफर गरे ।

पेटको अल्ट्रासाउण्ड गर्दा स्क्रिनमा रित्तो देखिएपछि रेडियोलोजिस्ट एकाएक आत्तिएको उनी अहिले पनि झल्झल्ती सम्झिन्छिन् ।

अल्ट्रासाउण्डको ह्याण्डिल पेटमा यत्रतत्र दौडाउँदा पनि मेसिनले केही फेला पारेन । कतै मेसिनै बिग्रियो भने रेडियोलोजिस्टले हेरिन् । तर त्यस्तो थिएन । डाक्टर त्यसरी आत्तिएको देखेपछि उनी डराइन् । त्यसपछि उनलाई इमर्जेन्सी सिटी स्क्यानमा पठाइयो । बल्ल उनको पेटमा तरल पदार्थ भरिएको बडेमाको डल्लो भएको पत्ता लाग्यो ।

अन्ततः गत वर्ष मार्चमा उनको पेटको शल्यक्रिया गरी उक्त सिस्ट निकालियो । त्यो सिस्टको कूल वजन २६ किलो थियो । आफ्नो पेटभित्रको त्यो अजंगको फोका निकालेपछि उनलाई सुरुमा त विश्वास नै लागेन कि त्यस्तो बोकेर पनि आफु बाँचिरहेकै थिएँ भनेर ।

अहिले उनको पेटमा शल्यक्रियाको ठूलो दाग छ । तर, उनी गर्भाधारणका लागि भने सक्षम रहेको डाक्टरहरुले बताएका छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने