२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले फाइभ जी स्मार्टफोन ल्याउँदै

२०७५, १९ मंसिर बुधबार ०५:४२

स्मार्टफोन जाएन्ट सामसुङले सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिभित्रै आफ्नो पहिलो व्यवसायिक फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरेको छ ।

अमेरिकी टेलिकम कम्पनी भर्जनसँगको सहकार्यमा फाइभ जी स्मार्टफोन ल्याउने घोषणा सामसुङले गरेको हो ।

आगामी हप्ता हुने क्वालकोम सम्मेलनका क्रममा भर्जन र सामसुङले औपचारिक रुपमा फाइभ जी स्मार्टफोनको प्रारुप घोषणा गर्नेछन् । यसमा क्वालकोमको स्नापड्रागन मोबाइल प्लाटफर्म हुनेछ । जसमा स्नापड्रागन एक्स फिफ्टी मोडेम र एन्टेना मोड्युल रहनेछ । त्यसमा इन्टिग्रेटेड आर एफ ट्रान्सिभर, आर एफ फ्रण्ट एन्ण्ट तथा एन्टेना रहनेछ ।

स्मरण रहोस् भर्जनले गत अकटोबरमा विश्वमै पहिलोपटक व्यवसायिक फाइभ जी नेटवर्क सर्भिस सुरुवात गरकेो थियो ।

ह्युस्टन, इन्डियानापोलिस, लस एन्जल्स तथा साक्रामेन्टोमा फाइभ जी होम सर्भिस सुरु भैसकेको छ । भर्जनको फाइभ जी मोबाइल सर्भिस चाहीँ सन् २०१९ को सुरुवात देखि नै सुरु हुने र तिव्र रुपमा विस्तार गरिने बताइएको छ ।

सामसुङको फाइभ जी स्मार्टफोनमा भर्जन कम्पनीको अल्ट्रा वाइड ब्याण्ड नेटवर्क चल्नेछ । जसमा प्रयोगकर्ताले अत्यधिक तीव्र गतिको इन्टरनेटका साथै विभिन्न गेम्स तथा फिचरहरु प्रयोग गर्न पाउनेछन् ।

स्मरण रहोस् सामसुङ भन्दा अगाडि अन्य धेरै कम्पनीले पनि फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरिसकेका छन् । यसमा वन प्लस, हुवावे र साओमी अग्रस्थानमा रहेका छन् । तर एप्पलले चाहीँ सन् २०१९ मा फाइभ जी स्मार्टफोन बनाउने योजना रद्द गरिसकेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा