२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओप्पोको R17 Pro: तीन रियर क्यामरा र ८ जीबी र्याम सहित नेपालमा लन्च हुँदै

१९ मंसिर २०७५, बुधबार ०५:५२

मङ्सिर १९, काठमाडौँ | Oppo R17 Pro स्मार्टफोन भारतमा लन्च भएसंगै नेपालमा पनि छिट्टै लन्च हुने विश्वास गरिएको छ । नेपाल स्थित ओप्पोले जनाए अनुसार नेपालमा पनि यो फोन छिट्टै लन्च गर्ने तयारी हुँदैछ ।


ओप्पो आर-17 प्रो सबैभन्दा पहिले चीनको बजारमा लन्च गरिएको थियो । यो फोनमा ओप्पोको सुपर VOOC फ्लास चार्ज निकै छिटो चार्ज हुने प्रविधि जडित छ । यसको मद्धतले मात्र १० मिनटमा फोनको ब्याट्री ४० प्रतिशत चार्ज गर्न सकिन्छ । Oppo R17 Pro को अन्य बिशेषता ट्रिपल रियर क्यामरा सेटअप, इन-डिस्प्ले फिंगरप्रिंट सेंसर, 6.4 इंचको फुल-एचडी+ डिस्प्ले, 19.5:9 आस्पेक्ट रेशियो और 8 जीबी र्या हो । 

ओप्पो आर17 प्रो को मूल्य ७० देखि ७५ हजारसम्म पर्नसक्ने बुझिएको छ तर यसको नेपालमा कति मूल्य पर्छ भन्ने कुरा अहिलेसम्म एकिन गरिएको छैन । यो फोन 8 जीबी र्याम र 128 जीबी इनबिल्ट स्टोरेजमा उपलब्ध हुनेछ । 


फोनमा दुई सिम राख्न पाइन्छ भने 6.4 इन्चको फुल-एचडी+ (1080×2340 पिक्सल) डिस्प्ले हुनेछ, त्यस्तै 19:5:9 एस्पेक्ट रेशियोको साथ फोन उपलब्ध हुनेछ । यो स्मार्टफोनमा क्वालकम स्न्याड्रयागन 710 अक्टा-कोर प्रोसेसर राखिएको छ । 

अर्को महत्वपूर्ण कुरा यो फोनको पछाडीपट्टि तीन रियर क्यामरा छ । एक सेन्सर 12 मेगापिक्सलको छ, जसको अर्पचर / 1.5-2.4 छ । त्यस्तै दोश्रो सेन्सर 20 मेगापिक्सलको छ, जसको अर्पचर एफ/2.6 छ । तेश्रो सेंसर TOF थ्री-डी स्टीरियो क्यामरा हो । रियर क्यामरा सेटअप अप्टिकल इमेज स्टेबलाइजेशन, डुअल पिक्सल पीडीएएफ र अल्ट्रा नाइट मोडमा उपलब्ध छ । फोनमा एफ/2.0 अपर्चर भएको 25 मेगापिक्सलको फ्रन्ट क्यामरा उपलब्ध छ ।


Oppo R17 Pro मा 3700 एमएएचको ब्याट्री छ, जो सुपर वूक टेक्नोलोजी हो । कनेक्टिभीटी फीचरमा ४ जीवी ओएलटीई, वाई-फाई, ब्लूटूथ 5.0 र जीपीएस/ ए-जीपीएस र एनएफसी सपोर्ट छ । स्मार्टफोनको डाइमेन्शन 157.6×74.6×7.9 मिलीमीटर र यसको तौल १८३ ग्राम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य