प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

जब सम्म मानिसको अन्तर्मनमा चेतना जागृत हुँदैन तबसम्म राज्यले जे जस्तो सुकै चेतनामूलक कार्यक्रममा करोडौं बजेट खन्याए पनि केही अर्थ छैन । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

जब सम्म मानिसको अन्तर्मनमा चेतना जागृत हुँदैन तबसम्म राज्यले जे जस्तो सुकै चेतनामूलक कार्यक्रममा करोडौं बजेट खन्याए पनि केही अर्थ छैन । 

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाको बेथिति: लास जल्दै गर्दा मलामीले….! (भिडियो सहित)

२० मंसिर २०७५, बिहीबार ०३:३४

प्रभात सुवेदी । मंसिर २०, बर्दिया । जब सम्म मानिसको अन्तर्मनमा चेतना जागृत हुँदैन तबसम्म राज्यले जे जस्तो सुकै चेतनामूलक कार्यक्रममा करोडौं बजेट खन्याए पनि केही अर्थ छैन । 


पछिल्लो समय व्याप्त वातावरणीय प्रदुषणका कारण समाज नै कुरुप बन्दै गइरहको छ । प्लास्टिक र प्लास्टिकजन्य बस्तुहरु थुप्रिँदै गएपछि भविष्य कस्तो बन्ने हो भन्ने जटिलतालाई पूर्वानुमान गर्न गाह्रो छ । 

यसै प्रसङ्गमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदीसँग जोडिएको मध्यवर्ती क्षेत्रमा रहेको शव दाह स्थल (आर्यघाट) मा शवको संस्कारका लागि आउने मलामीहरुले फोहोर व्यवस्थापन नगर्दा त्यहाँको वातावरण नै कुरुप बन्न पुगेको छ । 

आइतबार शव लिएर गएका मलामीहरुले त्यो दृश्य देखेपछि शव जलिरहँदा सबै मलामीहरुले भने त्यहाँको फोहोर व्यवस्थापन कार्यमा लागेका थिए । 

पूर्णहिरा माविका प्रधानाध्यापक गोपाल सुवेदीले, ‘यहाँ आउँदा देखिएको अव्यवस्थित फोहोरका कारण दुःख लागेकोले, आफूले गरेको फोहोर आँफैले गर्नुपर्ने बताउनुहुँदै यहाँ व्यवस्थित घाट सञ्चालनका लागि समितिको व्यवस्थापन गर्नुपर्ने औँल्याउँहुदै सम्बन्धित निकायले यस क्षेत्रमा पहल कदमी गर्नुपर्ने बताउनुभयो । 

शव जलाउनका लागि जङ्गलमा रहेका काठहरु कटानी भैरहेकोमा, ‘यसरी काट्दा देशको महत्वपूर्ण वन पैदावारको दुरुपयोग भैरहेकोमा चिन्ता व्यक्त गर्दै शिक्षक कमल पौडेलले यसलाई यथाशीघ्र व्यवस्थापनका लागि प्रयास गरिनुपर्ने बताउनुभयो ।’ 

यसैगरी भृकुटी मावि का प्रधानाध्यापक भीम प्रसाद रिजालले ठूलो क्षेत्रमा रहेको यस घाटको सरसफाई, दाउरा व्यवस्थापन गर्न सकेमा धेरै राम्रो हुने र जनप्रतिनिधीहरुको जनताप्रतिको जिम्मेवारी देखिने बताउनुयभो । विश्वज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद खनालले प्रवुद्ध वर्गहरुको यसमा सहयोग र सुझाबका साथमा घाटलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय समाजसेवी आनन्द ढुङ्गानाले आपूmले पनि यो फोहोर व्यवस्थापनमा सहभागी हुँदै यसको दिगो व्यवस्थापनको लागि बाँसगढी र बारबर्दिया नगरपालिकालाई झक्झक्याउन पहल गर्ने वचनवद्धता व्यक्त गर्दै जनप्रतिनिधीहरुलाई पनि सचेत गराउने बताउनुभयो । 

बारबर्दियाको पूर्वी क्षेत्रका केही र बाँसगढी नगरपालिकाबाटै अधिकाँश शवहरु सँस्कारका लागि लैजाने गरिएको भएतापनि बाँसगढी र बारबर्दिया नगरपालिका मिलेर तत्ककाल यसको दिगो समाधान खोजिनुपर्नेमा स्थानीयहरुको मााग रहेको छ । 

शव जलाउन भन्दा बढी दाउराहरु काट्ने गरिएकोले धेरे दाउराहरु खेर गैहरको र नदीमा प्रदुषण बढेको बताउनुहुँदै त्यस क्षेत्रमा वनभोजका लागि जानेहरुका  लागि अवरोध उत्पन्न भएकोले यसको समुचित निकास खोज्न जब्दी घाटलाई नै व्यवस्थित शबदाह स्थल बनाउनु पर्नेमा बारबर्दियाका समाजसेवी तथा शिक्षासेवी एकराज पौडेलले जोड दिनुभयो । 

हेर्नुहोस् भिडियो ….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत